१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा मुसहर महिला सशक्तिकरण मन्चमा दुई दिने सचेतना मुलक रिफ्लेक्ट कक्षा संचालन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा मुसहर महिला सशक्तिकरण मन्चमा दुई दिने सचेतना मुलक रिफ्लेक्ट कक्षा संचालन

सर्लाही,२१ मंसिर । तराईका माझी मुसहर समुदाय शिक्षा, चेतना र आर्थिक अभावका कारण बषौ देखी पछाडी परेका छन । राज्य व्यवस्था परिबर्तन भएपनि मधेषका दलितहरुको अवस्था भने जहाको त्यही छ । गाँउमा स्थानिय सरकार भएपनि उनिहरुको आँखा दसकौ देखी पछाडी पारीएका दलित माझी मुसहरहरु सम्म पुग्न नसकेको अवस्था छ ।

आर्थिक रुपमा कमजोर शिक्षा र चेतना स्तर कम भएका मुसहर समुदायलाई राज्य द्धारा दिने सेवा सुबिधाको बारेमा अत्तोपत्तो छैन । यसै सन्दर्वमा अन्डेफको सहयोगमा साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) संस्थाद्वारा संचालित नेपालमा स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत गठन गरेका मुसहर महिला सशक्तीकरण मञ्च अन्तर्गत चन्द्रनगर गाँउपालिका वडा नं २,३,४,६ र ७ मा १७ वटा मुसहर महिला सशक्तिकरण मन्चमा गठन भई बिभिन्न क्षमता अभिवृद्धि मुलक कार्यक्रमहरु संचालन हुदै आई रहेको छ ।

कार्यक्रम अन्तरगत मुसहर महिलाहरुलाई दुई दिने सचेतना मुलक रिफ्लेक्ट कक्षा संचालन गरिएको छ । तराईको सबैभन्दा पिछडिएको दलित समुदाय अन्तर्गत पर्ने माझी, मुसहर र पासवान लगाएतका दलित समुदायलाई समेटेर मुसहर महिला सशक्तिकरण मन्च गठन गरी कृषि कार्यालयमा दर्ता गनुका काथै मन्चमा आवद्ध सदस्यहरुलाई रिफ्लेक्ट कक्षा संचालन गर्ने क्रममा लैङ्गिक समता तथा नेतृत्व क्षमता विकास तालिम, सामाजिक जवाफदेहिता अबधारण र यसका बिधिहरु नगरीक प्रतिवेदन पत्र, सामुदायीक अंक पत्र, सार्बजनिक सुनुवाई बारे सचेतना मुलक कार्यक्रम, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धमा सचेतना, आय आर्जन तथा जिविका सुधार, सामाजिक मुल्य मान्यता, सामाजिक समस्य र समाधानका उपायबारे प्रशिक्षण संचालन हुदै आई रहेको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

साप नेपालले स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत सर्लाहीको चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा ३२ वटा मुसहर महिला कृषक समूह गठन गरि कषि तथा पशु कार्यालयमा दर्ता गरीएको । उक्त समूहहरुमा १६०० मुसहर महिलाहरुलाई महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता सामाजिक मुल्य मान्यता, स्थानिय निकायमा मुसहर महिलाहरुको सहभागीता अभिवृद्धिका लागी तालिम तथा रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितु राज ऋषीले बताए । साप नेपालका फिल्ड सुपरभाईजर रितेज राज ऋषीले समुहमा नियमित बचत गर्न प्रोत्साहन गर्ने, वडा तथा पालिकाको कार्यालयमा पहुँच पु¥याउने जन्म दर्ता, विवाह दर्ता, बिद्यालय भर्ना, नागरीकता जस्ता विषयमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताए ।

रिफ्लेक्ट कक्षा चन्द्रनगरको बडर्कुबा, कामत,नाडीताल, दनुवारी टोल, बिर्ताबजार,पोखरीया लगाएतका १७ वटै समुहमा तेश्रो चरणमा संचालन भैरको संयोजक कार्कीले बताए ।
मुसहर समुदायमा साप नेपालले कार्यक्रम संचालन गरेपछि मुसहर समुदायका महिलाहरु नेतृत्व क्षमता बडेको, मेयर उपमेयर र वडा अध्यक्षहरु संग शिक्षा, आयआर्जन र क्षमता विकासका लागी योजना माग गरेको । सामुहीक कृषी तथा पशुपालनको तयारी भैरहेको । वालविवाह र जाडरक्सी विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै रोकथाम गर्न सकृया भुमीका निभाएको समुहकी अध्यक्ष कौशीला देवी माझीले बताईन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.