१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
कर्मचारी मिलन केन्द्र, सर्लाहीको “होली मिलन” कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

कर्मचारी मिलन केन्द्र, सर्लाहीको “होली मिलन” कार्यक्रम सम्पन्न

सर्लाही,३ फागुन। सर्लाहीको मलंगवा नगरपालिकामा
कर्मचारी मिलन केन्द्र, सर्लाहीको नवगठित कार्य समितिले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

कर्मचारी मिलन केन्द्र, सर्लाहीको आयोजनामा बुधबार मलंगवा नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयको सभा हलमा होली मिलन” कार्यक्रम सम्पन्न भएको हो ।

होली मिलनको अवसरमा केन्द्रका संरक्षक/प्रजिअ थानेश्वर गौतमज्यू, प्रहरी उपरीक्षक कृष्ण प्रसाईंज्यू, केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीज्यू लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।

सो अवसरमा सहभागीहरूले रङहरु जस्तै सबैको जीवन रङ्गिन बनोस भन्दै यस बर्षको फागु पर्वले सबैलाई सुख, शान्ति र समृद्धि होस् भनी शुभकामना आदानप्रदान गर्नु भय‍ो ।

कार्यक्रम केन्द्रको अध्यक्ष रामदरेश रायज्यूको अध्यक्षता, केन्द्रका संरक्षक एवं प्रजिअ थानेश्वर गौतमज्यूको प्रमुख आतिथ्य, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा केन्द्रको पदाधिकारीहरूको समुपस्थितिमा भएको थियोे ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभा हलमा केन्द्रका सचिव सुनिल कुशवाहाले सञ्चालन गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.