३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गठबन्धन गर्ने बिषयमा समाजबादीको बार्ता कमिटी गठन – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

गठबन्धन गर्ने बिषयमा समाजबादीको बार्ता कमिटी गठन

हरिपुर, ६ चैत्र । नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्बाचनमा गठबन्धन गर्ने बिषयमा आधिकारिक कुरा गर्न बार्ता कमिटी गठन गरेको छ । आज हरिपुरमा भएको बिस्तारित पदाधिकारी बैठकले बार्ता कमिटी बनाएको हो । जिल्ला अध्यक्ष सुरेन्द्र लामा संयोजक रहेको बार्ता कमिटीमा देबेन्द्र राय, अन्जु पौडेल र गोबिन्द अधिकारी सदस्य रहनु भएको जिल्ला प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।

स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्बाचन केन्द्रित भएर काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । उहाले केपि ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गर्नुभयो ।

प्रचार प्रमुख वाग्लेका अनुसार बैठकले चैत १५ गते भित्र संगठन निर्माणको काम सक्ने, प पार्टी सग बार्ता भए पनि आबश्यक परे एक्लै उम्मेदवार दिएर जित्ने गरी निर्बाचनमा जुट्ने, पार्टी प्रचार बिभागलाई पूर्णता दिने, चुनाबसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल , रबिन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोबिन्द अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.