१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
मन्दिर संरक्षणमा जुट्दै स्थानीय – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मन्दिर संरक्षणमा जुट्दै स्थानीय

असोज १५, सर्लाही।सर्लाहीको लालबन्दी १५ का स्थानीय मन्दिर संरक्षणमा जुटेका छन् । सो वडाको माथिल्लो देउराली स्थित फुलजोर खोला किनारमा रहेको सिद्देश्वर मन्दिर संरक्षणका लागि समिती बनाएरै स्थानीय मन्दिरको संरक्षणमा जुटेका हुन् ।

यहाँ स्थित सो मन्दिर परिसरमा अहिले जमिन सम्याउने काम भएको छ । धार्मिक आस्था बोकेको सो मन्दिर संरक्षणमा कसैले चासो नदिएपछि आफुहरु अघि सरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर खत्री फुयालले बताए । उनका अनुसार मन्दिर पुनर निर्माणका लागि वडा कार्यालयबाट १ लाख तथा नगरपालिकाबाट ३ लाख बजेट प्राप्त भएको छ । सो रकमले मन्दिरको पुनर्निर्माण गरिने उनले बताए । उनका अनुसार सो मन्दिरमा हरेक वर्ष बाला चतुर्दशीमा मेला लाग्ने गरेको छ । दिवंगत आफन्तको नाममा बत्ती बाल्न त्यहा हरेक वर्ष वरपरकासहित टाडा टाडाका मानिसहरु समेत आउने गरेका छन् ।मन्दिर पुनर्निर्माण गर्न सके धार्मिक पर्यटक समेत बढ्ने उनको ठहर छ ।

स्थानीय राम्जी खड्काका अनुसार भाकल पुरा हुने भएकोले गौरीशंकर, सागरनाथ खयरमारा लगायतका स्थानबाट समेत मानिसहरु दर्शनका लागि त्यहा आउने गरेका छन् । तर मन्दिरको संरक्षणमा भने कसैले चासो नदिंदा यसको महत्व घट्दै गएकोले आफुहरु अहिले मन्दिरको संरक्षणमा जुटेको उनले बताए ।

मन्दिरको नाउमा ७ कट्ठा ९ धुर जग्गा समेत अतिक्रमणमा परेको भन्दै अर्का स्थानीय युवा खड्ग बहादुर कार्कीले मन्दिरको अतिक्रमित जग्गा फर्काउन प्रयास भैरहेको बताए । मन्दिर निर्माणका लागि प्रदेशदेखि माथिल्लो निकायसम्म पहल भईरहेको बताउदै उनले धार्मिक सम्दाहरुको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

अहिले भएको संरचणा मन्दिर परिसरका रुख वक्रीबाट आएको पैसाले बनेको हो । त्यसबाहेक अन्य कुनै निकायले पनि सहयोग गरेको छैन सायद अघि बढ्ने र पहल गर्न कसैले चासो नदिएर होला ।खड्काले भने, यो मन्दिरको पुनर्निर्माण गर्न सके यसले धार्मिक सम्दाको संरक्षणमा टेवा पुनुका साथै धार्मिक पर्यटक समेत आकर्षित हुन्छ । आफुहरुले मन्दिर परिसरमा धर्मशाला बनाउनेदेखि फनपार्क बनाउने सम्मको योजनाकासाथ काम गरेकोले सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

अहिले प्रदेश २ सरकारले समेत धार्मिक सम्पदाको संरक्षणका लागि मुख्यमन्त्री स्वच्छता अभियान संचालन गरेको छ । अभियानले सिद्देश्वर मन्दिर जस्तै वस्ति वस्तीमा रहेका जीर्ण र अलपत्र परेका मन्दिरहरु तथा सम्पदाहरुलाई छुन सक्नु जरुरी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.