१२ आश्विन २०७९, बुधबार
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

का.स. पुनर्बहालीको माग गर्दै महिलाहरुले बुझाए नगर प्रमुख प्रसाइलाई ज्ञापन पत्र

सर्लाही,११ चैत्र । सर्लाहीको हरिवन नगरपालिकाले एक महिला कर्मचारीलाई पूर्बाग्रह राखेर कामबाट हटाएको भन्दै आज स्थानीय महिलाहरुले नगर प्रमुख गणेश प्रसाइलाई ज्ञापन पत्र बुझाएका छन । ३ नम्बर वडा कार्यालयकि कार्यालय सहयोगी भिम कुमारी तमाङलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै ज्ञापन पत्र दिईएको हो ।
भिम कुमारी तमाङ पुनर्बहाली संघर्ष समिति कि संयोजक गिता घिसिङले हस्ताक्षर गर्नु भएको पत्रमा चैत १५ गते भित्र पुनर्बहाली नगरे कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
ज्ञापनपत्र बुझाउन महिला नेताहरु बुक कुमारी थापा, पद्मा मोक्तान, लिलि घिसिङ सहित २५ जना भन्दा बढी अगुवा महिला नगरपालिका जानू भएको संयोजक घिसिङले जानकारी दिनुभयो ।
चैत्र १५ भित्र पुनर्बहाली नगरे हरिवनका सबै पार्टी एबं सबै पक्षका हजारौ महिला भेला भएर नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको संयोजक घिसिङले दाबी गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button