१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका सुरक्षा अधिकारीहरुले मुसहर बस्तीमा गएर विपन्न बालबालिकालाई बाडे कपडा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीका सुरक्षा अधिकारीहरुले मुसहर बस्तीमा गएर विपन्न बालबालिकालाई बाडे कपडा

राकेश गुप्ता
सर्लाही,११ चैत्र । सर्लाहीमा सर्लाहीका सुरक्षा अधिकारीहरुले चन्द्रनगर गाउँपालिकामा रहेको मुसहर बस्तीमा बालबालिकाहरुलाई कपडा बाडेका छन ।

आज चन्द्रनगर वडा नं. २ बिरता बजार मुसहर टोलमा समाजसेवी शिवनाथ राउत कहारले संचालन गरेका निशुल्क ट्युशन सेन्टर वडा नं. २ का वडा सदस्य रामबाबु रायको अध्यक्षतामा र वडा नं. २ कै बबरगंजमा वडा अध्यक्ष रामनारायण महतोको अध्यक्षतामा जिल्लाका सुरक्षा अधिकारीहरुले १ सय ४१ जना मुसहर बस्तीका विपन्न स्कुले बालबालिकाहरुलाई एक एक थान टि–सर्ट र हाफ प्याण्ट वितरण गरेको हो ।

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले विपन्न,दलित, पिछिडिएको क्षेत्र, अपाङ्ग तथा विपन्न बालबालिकाहरुको लागि विभिन्न किसिमको लुगा सहित अन्य विभिन्न सामग्री पाठाएपछि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सर्लाहीको २० वटै पालिकामा क्रमवद्ध रुपमा मुसहर, दलित बस्ती, विपन्न, तथा विपन्न बालबालिकाहरु अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

आज प्रमुख जिल्ला अधिकारी गौतम, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादव पत्रकार सोम दियाली लगायतको उपस्थितिमा बालबालिकाहरुलाई गर्मि याममा प्रयोग हुने टि–सर्ट र हाफ पयान्ट वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले बताउनुभयो ।

यसैगरी सर्लाहीको पर्सा गाउँपालिकामा पनि सुरक्षा अधिकारीहरुले गरिब तथा विपन्नहरुलाई टि–सर्ट र हाफ पयान्ट वितरण गरेको छ । पर्सा गाउँपालिका वडा नं. २ मा टि–सर्ट १७५ पिस र हाफ पयान्ट १२५ पिस वितरण गरिएको छ । यस अघि पनि जिल्लाका सुरक्षा अधिकारीहरुकै उपस्थितिमा जिल्ला विपद व्यवस्थापन समितिले सर्लाहीका विभिन्न पालिकामा विभिन्न सामग्री वितरण गरिसकेको अपरेटर यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.