१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
नव निर्वाचित प्रदेश सांसद लुंगेलीले गराइन बृद्धाश्रममा मिष्ठान्न भोजन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नव निर्वाचित प्रदेश सांसद लुंगेलीले गराइन बृद्धाश्रममा मिष्ठान्न भोजन

लालबन्दी,९ मंसिर । प्रदेश सांसदमा पुनः निर्वाचित भएपछि बेची लुंगेलीले बृद्धाश्रममा मिष्ठान्न भोजन गराउँदै बृद्ध बृद्धाको आशिर्वाद ग्रहण गर्नुभएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट मधेश प्रदेशसभा सांसदमा दोश्रो पटक निर्वाचित भएपछि लुंगेलीले पुण्यको काम गर्दै आफ्नो जितको खुसि आश्रममा आश्रीत बृद्धबृद्धासँग साटासाट गर्नुभएको हो ।

लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा आश्रीतहरुलाई शुक्रवार मिष्ठान्न भोजन ग्रहण गराउनुभएको हो । बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएकी नेकपा (एकिकृत समाजवादी) नेत्री एवं प्रदेशसभा (ख) कि लोकप्रिय सांसद लुंगेलीले आफ्ना समर्थक, सहयोगी र नेताहरुको साथमा आश्रममा पुगेर बृद्धबृद्धालाई भोजन गराउनुभएको आश्रमकी संचालक भवानी कोईरालाले जानकारी दिनुभयो ।

सांसद लुंगेलीले आश्रमलाई आगामि दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ । लुंगेलीलाई आश्रमका संरक्षक वासुदेब कोईरालासहित आश्रममा आश्रीत बृद्ध बृद्धाहरुले बधाई सँगै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.