१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हास्य कलाकार यादवलाई ५६ किलोको माला लगाएर सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसाहित्य कलास्थानीय

हास्य कलाकार यादवलाई ५६ किलोको माला लगाएर सम्मान

मलंगवा,१३ चैत्र । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा बलिउड अभिनेता तथा हास्य कलाकार राजपाल यादवलाई ५६ किलोको माला लगाएर सम्मान गरिएको छ । आयोजक गोपाल सेवा समितिले शनिवार कार्यक्रमका प्रमुख अतिथि हास्य कलाकार यादवलाई सम्मान गरेको हो ।

गोपाल सेवा समितिको नौ राष्ट्रिय महाधिवेशनमा कलाकार यादवले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्नु हुदै कलाकार यादवले नेपाल र भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभयो । नेपाल र भारतको सम्बन्ध जनकपुर सँग जोडिएको पुरानो इतिहास भएको बताउनुभयो ।

उहाले नेपाल र भारत एक अर्काको पुरक देश हो, यहाँ धार्मिक स्थलहरुको नाता पनि छ, रोटि बेटीको सम्बन्ध पनि छ बताउनुभयो । जनकपुरको नाताले पनि भारत सधैभरी नेपाललाई सलाम गर्ने यादवले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य अशोक यादव,पुर्व स्वास्थ्य मन्त्री डा. सुरेन्द्र यादव, हरिपुर्वा नगरपालिका नगर प्रमुख सियाराम राय, मलंगवा नगरपालिकाका नगर प्रमुख निरश्ल साह, गोपाल सेवा समितिको केन्द्रीय अध्यक्ष कौशल किशोर राय, नेपाली काँग्रेसका नेता कृष्णदेव राय लगायत उपस्थित हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.