३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मेयर देवकोटालाई गिरफ्तार गर्न माग, जसपा द्वारा मलंगवामा प्रदर्शन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मेयर देवकोटालाई गिरफ्तार गर्न माग, जसपा द्वारा मलंगवामा प्रदर्शन

सर्लाही,१३ चैत्र । जनता समाजवादी पार्टी(जसपा)सर्लाहीले ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटालाई गिरफ्तार गर्न माग गरेको छ । शनिबार बयलवास बजारमा दुई पक्षीय झडपमा जसपा नेता एवम् सांसद प्रमोद साहमाथि भएको आक्रमण मेयर देवकोटाकै योजनामा भएको भन्दै मेयरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन सो पार्टीले माग गरेको हो ।

जसपाका सर्लाही अध्यक्ष विरेन्द्र कुमार रायले एक प्रेस विज्ञप्ती जारी गर्दै इश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले नै स्थानीय प्रशासनको आडमा सांसद साहमाथि आक्रमण गरेको दाबी गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय प्रशासनको आडमा मेयर देवकोटाले गुण्डाहरु पठाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं संघीय संसदीय दलका नेता सांसद प्रमोद कुमार साहमाथि आतंककारी तथा छापामार शैलीमा ज्यान मार्ने नियतले भएको सांघातिक हमलाको जनता समाजवादी पार्टी घोर भत्र्सना गर्दछ ।

’ आक्रमणबाट घाईते भएका सांसदसाहसहित उनका अंगरक्षक, दर्जनौं कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तीमा भनिएको छ, ‘घटनामा संलग्न मेयर देवकोटालाई अविलम्ब हिरासतमा लिई दोषीहरुमाथि कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं ।’ घटनाबाट कयौं गाडीहरुमा तोडफोड, दर्जनौं मोटरसाईकलमा आगजनी भएकोले क्षतिपूर्तिको समेत माग गरिएको छ ।

आफूहरुको माग पूरा नभए मेयर देवकोटा र प्रशासन विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने सो पार्टीले विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।शनिबार विहान स्थानीय फुलजोरबाबा युवा क्लवको जग्गाको विवाद मिलाउन गएका सांसद साहमा माथि क्लवमा आवद्ध युवाहरुले आक्रमण गरी घाइते बनाएका थिए । आक्रमणबाट सांसद साहको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाण्डौंमा उपचार भइरहेको छ ।आक्रमणका क्रममा आक्रमणकारीहरुले सांसद साहका अंगरक्षकको हरितायर समेत खोसेका थिए ।

यसैगरी सर्लाही सदरमुकामा मलंगवामा दोषिलाई कार्वाहीको माग गर्दै जन्ता समाजवादी पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ । जिल्ला विकास चौक देखि सुरु गरिएको मसाल जुलुस मलंगवा नगरपालिकाभरी प्रदर्शन गरी अन्तय भएको हो । प्रदेश सांसद अशोक यादव, संजय यादव लगायत जिल्लाभरीकै मुख्य नेताहरुको उपस्थितिमा मसाल जुलुस निकालिएको जसपाका जिल्ला अध्यक्ष विरेन्द्र कुमार रायले जानकारी दिनुभयो । आज बयलवासमा फेरी प्रदर्शनको कार्यक्रम रहेको अध्यक्ष रायले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.