११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
बस अनियन्त्रित भई खोलामा खस्दा ४ को मृत्यु २५ बढि घाइते – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बस अनियन्त्रित भई खोलामा खस्दा ४ को मृत्यु २५ बढि घाइते

सर्लाही,१३ फागुन । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थित पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रित भई खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढि घाइते भएको छ ।

आज बिहान ११ः३० को समयमा बिरगंज बाट जनकपुर जादै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रु बाहक बस फुलजोर खोलामा खसेको थियो । बस खोलामा खस्दा ४ जनाको मृत्यु घटना स्थलमै भएको थियो ।

मृत्कहरुलाई शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै बस दुर्घटनामा घाइते भएकाहरुको लालबन्दी, नवलपुर, हरिवनका अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुधाथोकीले जानकारी दिनुभयो ।

तत्काल अहिले घाइतेहरुको उपचार भैरहेको घटनाको पुर्ण विवरण आउन बाँकी रहेकोले मृत्कको सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक बुधाथोकीले बताउनुभयो । खोलामा खसेको थियो । बस खोलामा खस्दा ४ जनाको मृत्यु घटना स्थलमै भएको थियो ।

मृत्कहरुलाई शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै बस दुर्घटनामा घाइते भएकाहरुको लालबन्दी, नवलपुर, हरिवनका अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुधाथोकीले जानकारी दिनुभयो ।

तत्काल अहिले घाइतेहरुको उपचार भैरहेको घटनाको पुर्ण विवरण आउन बाँकी रहेकोले मृत्कको सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक बुधाथोकीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.