१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बस अनियन्त्रित भई खोलामा खस्दा ४ को मृत्यु, ३७ जना घाइते(सूची सहित) – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बस अनियन्त्रित भई खोलामा खस्दा ४ को मृत्यु, ३७ जना घाइते(सूची सहित)

मृत्क तिन जनाकाे शनाखत

सर्लाही,१३ फागुन । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थित पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रित भई खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका वडा नं.२ बस्ने वर्ष ५० को नन्दुदास, सिन्धुलि तिनपट्टा गा.पा.–२ वस्ने अर्जुन श्रेष्ठको श्रीमती वर्ष ३० की शर्मिला कार्की श्रेष्ठ , देश भारत वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने बर्ष २४÷२५को सुनिल यादव रहेको छ । त्यस्तै सनाखत हुन नसकेका एक जना पहाडी मुल देखिने अन्दाजी ५५ वर्षको एक महिला रहेको छ ।

आज बिहान ११ः३० को समयमा पुर्व पश्चिम लोकमार्गको फुलजोर पुलमा बिरगंजबाट जनकपुरको लागिजादै गरेको ना ४ ख ८५५५ नं.को यात्रुबाहक बस आफै अनियन्त्रित भई फुलजोर पुलबाट ८÷९ मिटर तल खसि दुर्घटना भएको थियो । बस खोलामा खस्दा ४ जनाको मृत्यु घटना स्थलमै भएको थियो । मृत्कहरुलाई शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटना पश्चात ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा र ईलाका प्रहरी कार्यालय केशरगंजको प्रहरी निरीक्षक जनकराज ढुङगानाको कमाण्डमा गरी जम्मा ४२ जनाको टोलि घटना स्थलमा खटिगई घाईतेहरुको उद्दार गरि उपचारको लागि लालबन्दी स्थित बिभिन्न अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी दुर्घटानामा परेर रौतहत चन्द्रपुर न.पा.–४ बस्ने वर्ष् २९को कुस बहादुर जर्गामगर, लालबन्दी न.पा.–२ नवलपुर वस्ने सम्झना खत्री, महोत्तरी वर्दीबास न.पा.–५ माईस्थान वस्ने वर्ष ५० की अम्बिका श्रेष्ठ, सिन्धुलि तिनपाट्टा गा.पा.–२ बस्ने वर्ष ४२ की सवला थापा, अर्जुन श्रेष्ठको छोरी ३ महिनाको अवासि श्रेष्ठ,महोत्तरी गौशाला न.पा.–१० वस्ने रुद्र बहादुर थापाको छोरा वर्ष १८ को सिरज कुमार,ईश्वरपुर न.पा.–८ वस्ने वर्ष १८ को मन्तोष राम,लालबन्दी न.पा.–२ बस्ने वर्ष २५ की सावित्री पासवान, बस चालक जिल्ला बारा कलैया न.पा.–१२ वस्ने वर्ष ४८ को ज्योति प्रसाद साह, महोत्तरी बर्दिबास न.पा.– १२ वर्ष १९ को भरत पासवान लालबन्दी नगरपालिका.–९ वस्ने बर्ष ७० की प्रेम कुमारी खत्री, धनुषा गणेशमानचारनाथ न.पा.–५ वस्ने वर्ष ३५ की शर्मिला ठकुरी घाइते भएका छन ।

त्यस्तै धनुषा सवैला गा.पा.–२ वस्ने वर्ष ३३ को अमृत महतो,महोत्तरी लहरी गा.पा.– २ वस्ने वर्ष २६ को सोनेलाल महतो,ईश्वरपुर न.पा.– १४ वस्ने वर्ष ५० को छविलाल महतो र निजकै श्रीमती वर्ष ४४ की सुनैना देवी कोईरी,महोतरी वर्दीबास न.पा.–३ वस्ने वर्ष ६२ को बद्रि रायमाझि,बारा बदलनगर गा.पा.– ९ वस्ने वर्ष १७ को भण्डारी राय,महोत्तरी गौशाला न.पा.–१ वस्ने वर्ष २१ को अजय यादव, हरिपुर न.पा.–३ वस्ने वर्ष ३३ को शत्रूधन राम, रौतहत चन्द्रपुर गा.पा.–१ वस्ने वर्ष ५८ को यज्ञशंकर काफ्ले, महोत्तरी सानुखरा गा.पा.–६ वस्ने वर्ष ४८ को मुन्ना राउत, देश भारत हरिवनमा घुङघि बेच्ने वर्ष ३० को पुजा देवी, बरहथवा न.पा.–१० वस्ने वर्ष २८ को कपलेश महतो, वडा नं. २ वस्ने वर्ष २६ को कमल जर्गामगर को टाउकोमा चोट अवस्था गम्भिर गढिमाई अस्पताल लालबन्दिमा उपचार पश्चात थप उपचारको लागि बिरगंज रीफर गरिएको, पर्सा बिरगंज उपमहानगरपालिका –९ वस्ने पवन दनुवार,देश भारत घर भइ हाल हरिवनमा घुङघि बेच्न एको वर्ष ६० को सुसिला देवी,बारा जितपुर न.पा–१ वस्ने वर्ष ११ को दिपक राय, पर्सा बिरगंज उपमहानगरपालिका–१८ वस्ने वर्ष ४१ को मुन्ना जैसवाल खुट्मा, अनुहारमा चोट अवस्था गम्भिर गढिमाई अस्पताल लालबन्दिमा बाट बिरगंज रिफर, महोत्तरी घर भइ रौतहटमा विवाह भएको वर्ष २७ की रुपा थापा,पर्सा बिरगंज उपमहानगरपालिका–६ वस्ने वर्ष ३२ को बिकाश रौनिया, रौतहत गढिमाई न.पा.–१ वस्ने वर्ष २१ को आषिश कुमार कर्ण, ईश्वरपुर न.पा.–१३ बस्ने बर्ष ६० को ईन्दल साह ,महोतरी गौसला न.पा–८ बस्ने वर्ष २० को अभिजित आलेमगर, होम बहादुर आलेको छोरा वर्ष १६ को सुसिल आले,वर्ष १८ को आशिष आले, बरथवा न.पा–६ बस्ने वर्ष ४८ को सिताराम मगर लगायत गरी ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुधाथोकीले जानकारी दिनुभयो ।

बस दुर्घटनामा घाइते भएकाहरुको लालबन्दी नगरपालिकामा रहेको विभिन्न अस्पताल उपचार भैरहेको तथा केहि व्यक्ति डिस्चार्ज भएको छ भने दुई जना सिरियस घाइतेलाई बिरगंज रेफर गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बुधाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.