१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमालेको प्रेस विज्ञप्ती : बयलवास घटनामा कुनै सत्यता नभएको दाबी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

एमालेको प्रेस विज्ञप्ती : बयलवास घटनामा कुनै सत्यता नभएको दाबी

सर्लाही,१३ चैत्र । शनिबार बयलवासमा भएको झडपको घटनामा जसपा केन्द्रीय सदस्य एवम् संघीय संसदीय दलका नेता सांसद प्रमोद साह नै दोषी भएको नेकपा एमाले सर्लाहीले निष्कर्ष निकालेको छ ।

क्लवको जग्गाको विषयलाई लिएर भएको विवादका क्रममा स्थानीयको कुटाईबाट सांसद साहको टाउको फुटेपछि जनता समाजवादी पार्टीले ईश्वरपुरका मेयर मनोज कुमार देवकोटाको योजनामा सांसदमाथि आक्रमण भएको भन्दै जारी गरेको प्रेस विज्ञप्तीमा कुनै सत्यता नभएको नेकपा एमालेले विज्ञप्ती मार्फत जनाएको हो ।

एमाले सर्लाही अध्यक्ष राजनारायण साहद्वारा जारी विज्ञप्तीमा शनिवार बयलवासमा भएको घटनालाई राजनीतिक रंग दिई एमाले पार्टीका नेता, कार्यकर्तालाई अनावश्यक रुपमा बदनाम गरी फसाउने र सामाजिक सद्भाव भड्काउने उदेश्य जसपा रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘क्लवको जग्गाको विषयमा अघिल्लो दिन अर्थात् चैत्र ११ गते साँझ ४ बजे सांसद साह, मेयर मनोज कुमार देवकोटा, वडा अध्यक्ष रहमन अन्सारी, क्लवका अध्यक्ष प्रेम गोले, ईलाका प्रहरी कार्यालयका प्रमुख जनकराज ढुंगाना, सडक ठेकेरदार जीवन कँडेलसहित स्थानीय राजनीतिक दल, व्यापारीहरुसँग छलफल भई १२ गते विहान नालाको साईट क्लियर गरी नाला भनी सहमति भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.