१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल मौरी पालक किसान संघको केन्द्रिय अध्यक्षमा सर्लाही निवासी मैनाली – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नेपाल मौरी पालक किसान संघको केन्द्रिय अध्यक्षमा सर्लाही निवासी मैनाली

प्रेमनाथ पौडेल
सर्लाही,१३ चैत्र । नेकपा एमाले निकट मौरी पालक किशान संघ नेपालको प्रथम सम्मेलन तथा १६औ मह दिवस नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।संघका केन्द्रीय अध्यक्ष सम्राट तुम्फाहाम्फेको अध्यक्षता एवम अखिल नेपाल किशान माहसंघ राष्ट्रिय समितीका अध्यक्ष एवम नेपाल किसान माहसंघका केन्द्रिय अध्यक्ष डाक्टर प्रेम दंगालको प्रमुख आतिथ्यतामा नवलपुरको युनिक होटलको सभाहलमा भएको केन्द्रिय सम्मेलनले बिष्णु प्रसाद मैनालीको अध्यक्षतामा २५ सदस्य नया नेतृत्व चयन गर्दै सम्नेलन सम्पन्न भएको हो ।

नव निर्बाचित चयन भएका पदाधिकारीको उपाध्यक्षमा तारा चन्द मास्के ,रेवती रमण तिमलसिना ,सचिवमा शालिकराम बानिया, सह सचिवमा अर्जुन पोख्रेल र शम्भु कार्की तथा कोषाध्यक्षमा मनोरथ कोईराला सहित २५जना कार्यसमिति नया नेतृत्व सर्व सहमत चयन गरिएको निर्वाचन मण्डलका सदस्य तथा मौरिपालक किसान रवि कडरियाले बताउनु भयो ।

त्यस्तै सम्मेलनको बन्द सत्रले पुर्व अध्यक्ष सम्राट तुम्फाहाम्फेको संयोजक रहेको पछि एक सदस्य थप गर्ने गरि हाल दुई सदस्य सल्लाहकार समिति समेत चयन गरिएको संघले जनाएको छ ।सम्मेलनका बक्ताहरुले शुभकामना मन्तब्य दिनु हुँदै मौरी पालन लाई परमुखी नभै ब्यबसायिक रुपमा अगाडि बढाउन र सहकारी मार्फत लैजान सके किसानको जीवन स्तर माथि उकास्न मौरी पालन ब्यबसाय एक महत्वपूर्ण ब्यबसाय बन्न सक्ने बताएका थिए ।

मौरी पालन ब्यबसायले अन्य कृषि बालीको लागि पनि उतिकै महत्वपूर्ण भुमिका खेल्ने मौरीले पराग सेचन नगर्ने हो भने अब को केही बर्षमै बाली बालीमा ह्रास आई भुखमरी निम्तने हुदा मौरी पालन ब्यबसाय अन्य कृषि बाली खेती गर्नेको लागि पनि फाईदाजनक हुने कुरा औलाएका थिए ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख तथा सहकारी अभियन्ता मानबहादुर खडका, किसान माहसंघका केन्द्रिय सचिव राजकुमार उप्रेती ,सदस्य सारदा भुषाल ,नेकपा एमालेकी केन्द्रिय सदस्य कल्पना कटुवाल ,मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्त ,माहसंघका सदस्य मनोरथ कोईराला लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा एमाले निकट किसान संगठनका विभिन्न प्रतिनिधि जिल्ला अध्यक्ष,मौरी पालक किसान संघ नेपाल मधेश प्रदेश संयोजक दुर्गाबहादुर खडका, एमाले सर्लाही अध्यक्ष राजनारायण साह ,महिला नेत्री संचिता घिमिरे ,अन्जना नेपाल दिल बहादुर दाहल ,नवराज मैनाली लगायत किसान नेता हरुको उपस्थिती रहेको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.