१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरकठवाका आगलागी पिडितहरुलाई राहत वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरकठवाका आगलागी पिडितहरुलाई राहत वितरण

सर्लाही,१३ चैत्र ।सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५ हरकठवाकामा भएको आगलागी पीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । आइतवार जिल्ला विपद व्यवस्थापन समिति सर्लाही,नेपाल रेडक्रस सोसाइटी मलंगवा, बागमती सेवा समाज नेपाल तथा वर्ल्ड भिजन नेपालको सहयोगमा विभिन्न किसिमको राहत सामग्री वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको उपस्थितिमा राहत वितरण गरिएको बागमती सेवा समाज नेपालले जानाएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतम, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा पिडित परिवारलाई चामल २५ किलो, त्रिपाल ३० पिस,ब्लैकेट ३० पिस, पतिया १५ थान, प्लास्टिक डोरी ५ सय ३०, साडी सेट , धोती, भाडा सेट, बालटीन, कपडा १५÷१५ थान लगायतको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

शनिबार दिउँसो हरकठवामा आगलागी हुदा १४ घर जलेर नष्ट भएको थियो । स्थानीय प्रदिप पासवानको घरबाट सुरु भएको आगोले १४ घर र त्यसमा रहेको खाद्यान्न ,लत्ताकपडा पुर्ण जलेर नष्ट भएको थियो । आगलागी बाट स्थानीय प्रदिप पासवान,,रामबली पासवान ,जवाहिर पासवान, थिलत्न पासवान,विकाउ पासवान जितन पासवान लगायतको घर जल्दा करिब ५० लाख बराबरको क्षति भएका थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.