१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
क्षेत्र नंं १ मा सयौ कार्यकर्ता एमालेमा प्रवेश – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचार

क्षेत्र नंं १ मा सयौ कार्यकर्ता एमालेमा प्रवेश

महोत्तरी ।  गौशाला नगरपालिका वडा नं. २ रेडक्रसटोलमा विभिन्न पार्टि परित्याग गरी एमालेमा प्रवेश गरेको छ । आज विहान एक कार्यक्रमको आयोजना गरी सयौको संख्यामा पार्टि गरेका छन् । स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाअध्यक्षको उम्मेदवार मंन्जय सिंहले ४७५ मत ल्याई पराजित भएका सिंहले आफु सहित सयौंको संख्यामा विभिन्न पार्टि परित्याग गरी एमाले प्रवेश गरेको छ । स्वतन्त्र बाट उम्मेदवार भएका मन्जय सिंहले समाजसेवी तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मी महतोले गरेको विकास तथा सहयोगको मध्यनजर गर्दै पार्टि प्रवेश गरेको छ । पार्टि प्रवेश कार्यक्रम ज.स.पा. नगर अध्यक्ष कुमरकान्त झा ले विभिन्न पार्टिका व्यक्तिहरुमा ३० वर्ष देखी लगातार विजयी भएर गए तर हाम्रो क्षेत्र नं. १ को अवस्था जस्ताको तेस्तै रहेको र कुनै किसिमको विकासको काम अगाडी बढाउनु नसक्नु दुरभाग्यको विषय भएको र कति पटक जनताको माझमा आई समस्याको बारेमा बुझेको झाले बताए तर समाजसेवी लक्ष्मी महतो चुनावमा दुई पटक पराजित भए पनि क्षेत्र नं. १ भित्र विभिन्न किसिमको सहयोग तथा विकास आफ्नो निजी लगानीमा गरेर देखाएको सबैमा सर्वादित नै भएको जनाए । चुनावमा पराजित भए पनि जनताको माझमा रहि दुःख परेको बेला मल्हम लगाउने कार्य लक्ष्मी महतोले गरेको नगरअध्यक्ष कुमरकान्त झा ले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.