१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
भोलि मंगलवार देखि हुलाकी राजमार्ग तिब्रगतिमा बन्ने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

भोलि मंगलवार देखि हुलाकी राजमार्ग तिब्रगतिमा बन्ने

सर्लाही,१४ चैत्र । सर्लाहीमा हलाकी राजमार्ग बन्ने भएको छ । भोलि मंगलवार देखि हुलाकी राजमार्ग तिब्रगतिमा बन्ने भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निर्माण व्यवसायीहरुलाई हुलाकी राजमार्ग तिब्रगतिमा भोली देखि नै निर्माण गर्न निर्देशन दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतमले हुलाकी राजमार्ग के कति बनेको छ प्रगित प्रतिवेदन हरेक १५ दिनमा पेश गर्न हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरलाई निर्देशन समेत दिनुभएको छ ।

मंगलवार देखि सर्लाही जिल्लामा पर्ने हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत शितलपुर देखि मलंगवा र मलंगवा देखि खैरिया टोल सम्म तत्काल निर्माण सम्पन्न गर्न तीन वटै प्याकेजका निर्माण व्यवसायीहरुले कम्तीमा ३–३ स्थानबाट तिब्ररुपमा काम सुरु गर्ने छन ।

सोमवार प्रमुख जिल्ला अधिकारी गौतमको अध्यक्षतामा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगर प्रमुख निरशल साह, बलरा नगर प्रमुख अभय सिंह, कौडेना गाउँपालिका अध्यक्ष राम प्रसाद राय, पर्सा गाउँपालिका अध्यक्ष किसुनदेव राय, ब्रह्म्पुरी गाउँपालिका अध्यक्ष बिनोद साह, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाई,सशस्त्र प्रहरी सर्लाहीका प्रमुख भरत खनिया, अनुसन्धानका एसपी चन्दन कुमार झा लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न निर्णय गर्दै हुलाकी राजमार्ग निर्माण गर्न निर्माण व्यवसायीहरुलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

विभिन्न व्यक्तिहरुको बैठकले गाउँबस्ती रहेको ठाउँमा सम्बन्धित निर्माण ब्यवसायीले सडकमा पानी छर्की धुलो उडने समस्यालाई समाधान गर्ने, निर्माण ब्यवसायीहरुले उठाएका समस्याहरु कानून र सम्झौता बमोजिम हुलाकी राजमार्ग निर्देशानालय योजना कार्यालय जनकपुरधामले सम्बोधन गर्ने तथा अनुगमन कार्यलाई तिब्रता दिने, हुलाकी राजमार्ग सडक निर्माका क्रममा आउन सक्ने विबादहरुलाई स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजसँगको समन्वयमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले समाधान गर्ने तथा स्थानीयस्तरमा समाधान हुन नसकेको विबादको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई समय मै जानकारी गराउने लगायतको निर्णय भएको कम्प्युटर अपरेटर यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.