११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
बाल अधिकार समितिका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बाल अधिकार समितिका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु

सर्लाही,२२ मंसिर । सर्लाहीको चन्द्रनगर र ब्रम्पुरी गाउँपालिकामा बाल अधिकार समितिका पदाधिकारीहरुलाई बाल संरक्षण सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । चन्द्रनगर गाउँपालिका र ब्रहम्पुरी गाउँपालिकाका बाल अधिकार समितिका पदाधिकारीहरूलाई ३ दिने बाल संरक्षण सम्बन्धी क्षमता अभिवृद्धि तालिम यूनाईटेड होटेल, लालबन्दीमा बिहिवार बाट शुरु भएको छ ।

अष्ट्रेलियन एड,वल्र्ड भिजन ईन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल,चन्द्रनगर तथा ब्रह्म्पुरी गाउँपालिकाको समन्वयमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्दद्धारा सञ्चालित सिकाई परियोजना अन्तर्गत बिहिवार बाट सूरु भएको तालिम शनिवार समापन हुने छ । तालिममा बाल अधिकार समितिका पदाधिकारीहरुलाई तालिम पश्चात बाल संरक्षणको विषयमा थप ज्ञान अभिवृद्धि हुने राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

तालिमको उदघाटन गर्नु हुदैँ चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले भौतिक संरचनाको विकास गरेपछि विकास भयो भन्न नमिलने बताउनुभयो । उहाले जब सम्म सबै क्षेत्रको विकास हुदैन तब सम्म विकास भएको भन्न नमिलने बताउनुभयो । आफु विकास गर्न भौतिक संरचना सँग सँगै शिक्षामा पनि विशेष ध्यान दिएको बताउनुभयो । उहाले विकासको लागि शिक्षा, स्वास्थ्य लगायत बाल अधिकार तथा बाल संरक्षणको मुदालाई पनि आफुले विशेष प्राथमिकता राखेको बताउनुभयो । अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकामा बाल अधिकार समितिको पुर्नगठन गर्न अवश्यकता रहेको बताउनुभयो । चन्द्रनगर गाउँपालिकामा २० वर्ष पुरा गरी +२० पास गरेर कुनै किशोरीले विवाह गरेमा रु ५० हजार उपलब्ध गराउने उहाले जानकारी दिनु भएको छ । साथै स्नातक पढन चाहेमा रु ११ हजार पनि उपलब्ध गराउने उहाले बताउनुभयो ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिका र ब्रहम्पुरी गाउँपालिकाका उपाध्यक्ष क्रमश गिता देवी महतो , श्यमा काला देवी यादव, वडा अध्यक्ष राम स्वरुप राउत र हरिन्द्र राय यादव, शिक्षा शाखा प्रमुख कमला बस्नेत, महिला तथा बाल बालिका शाखा प्रमुख नगिना साह, सबिता साह, स्वास्थ्य शाखा प्रमुख उपेन्द्र राउत लगायत बाल बालिकाहरुको उपस्थिति रहेको थियो । यसैगरी तालिमको सहजिकरण प्रशिक्षक रामा पौडेल, नगिना साह र सबिता साहले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.