१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा नगरपालिकाको आफ्नै भवन निर्माण हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वा नगरपालिकाको आफ्नै भवन निर्माण हुने

मुकेश झा
हरिपुर्वा,१४ चैत्र । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगरपालिकाको आफ्नै भवन निर्माण हुने भएको छ । हरिपुर्वामा एक कार्यक्रमको आयोजना गरी सोमवार नगर प्रमुख सियाराम रायले नव निर्मित भवनको शिलान्यास गर्नुभयो । भाडाको घरमा संचालन हुँदै आईरहेको नगरपालिकालाई आफ्नै प्रशासनिक भवन निर्माण गर्न हरिपुर्वा नगरपालिका वडा नं. ५, निवासी गंगासागर र लालबाबु यादवले जग्गा दान गरेका थिए ।

उनीहरु दुवैजनाले वडा नं.५ मै ६÷६ कठ्ठा जग्गा उपलब्ध गराएको नगर प्रमुख शियाराम रायले जानकारी दिए । उनका अनुसार नगरपालिका कार्यालयलाई करिव ४० लाख रुपियाँ बराबरको १२ कठ्ठा जग्गा प्राप्त भएको हो । जग्गा गंगासागर र लालबाबु दुवै जनाले मालपोत कार्यालय मलंगवामा जग्गा रजिष्टे«सन पास गरेर नगरपालिकालाई लालपूर्जा समेत प्रदान गरिसकेका नगरप्रमुख रायले बताए ।

नगर प्रमुख रायका अनुसार नगरपालिकाको भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपियाँ बजेट विनियोजन गरिएकोे छ । आफ्नो भवन नहुँदा नगरपालिका कार्यालय हाल हरिपुर्वा बजारमा भाडामा संचालन भइरहेको छ । सर्लाहीका २० वटा पालिकामध्ये हरिपुर्वा नगरपालिका, गोडैता नगरपालिका र बसबरिया गाउँपालिका भाडाको घरबाट संचालन भइरहेको छ ।

भवन शिलान्यास कार्यक्रममा निर्वाचित जनप्रतिनिधि,बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा स्थानिय निर्वाचन २०७९ मा उमेदवारी दिने भावि उमेदवार हरुको उपस्थिति रहेको थियो । जग्गा दाता द्वय लाई नगर प्रमुख रायले दोस्ल्ला ओढाएर सम्मान समेत गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.