१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अति जोखिममा रहेको बालबालिकाहरुलाई नगद तथा शैक्षिक सामग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अति जोखिममा रहेको बालबालिकाहरुलाई नगद तथा शैक्षिक सामग्री वितरण

सर्लाही,१४ चैत्र। सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा रहेको अति जोखिममा रहेको बालबालिकाहरुलाई नगद तथा शैक्षिक सामग्री वितरण गरिएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका दलित, मुशलिम र अति विपन्न परिवारको बालबालिकाहरुलाई नगद तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

स्थानीय तहको प्रतिनिधिहरुको प्रत्यक्ष सहभागीतामा फिल्ड अनुगमन गरी जोखिममा परेका दलित, मुश्लिम तथा अति विपन्न परिवारका बालिकाको नाम छनौट गरिएका २ सय ३५ छात्राहरुलाई नगद रु ३ हजारका दरले वितरण गरेका छन् भने ५ सय ६० विद्यार्थीहरुलाई स्कुल बैंग–१ थान, कापी–३० थान, कलम–५ थान, सिशाकलम–१ प्याकेट, कलर पेन्सिल–२ प्याकेट र ज्यामिति बक्स–१ सेटका दरले वितरण गरिएका राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो भयो ।

हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विशेष गरी कक्षा १ देखि ५ सम्म अध्ययरत बालबालिकाहरूको शिक्षामा निरन्तरता दिनको लागि प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धीत विद्यालय र मदरसाको सिफारिसको आधारमा नगद तथा शैक्षिक सामग्री वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीका संरक्षण संयोजक शाहले जानकारी दिनुभयो ।

अति जोखीममा परेका बालबालिकाहरुको शिक्षामा समान पह‘ँुच तथा सहभागीता तथा आधारभूत तहमा समतामूलक सिकाइ उपलब्धि हुने छ भन्ने लक्ष्य लिएर राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रले विगत ३ वर्ष देखि सिकाइ परियोजना लगायत अरु चारवटा परियोजना सञ्चालनमा रहेको संस्थाका संरक्षण संयोजक शाहले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.