२५ बैशाख २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका मुसहर महिला दुधे बालबालिका बोकेर सडकमा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीका मुसहर महिला दुधे बालबालिका बोकेर सडकमा

सर्लाही २३ मंसिर । मुसहर महिला सशक्तिकरण मन्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ क्रममा मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुले चन्द्रनगरमा जनचेतना मुलक ¥याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

चन्द्रनगरको बानटोल, पोखरीया, बडकुर्वा, नाडीताल, कामत, बिर्ता बजारका २५० जना भन्दा बढी मुसहर महिलाहरुले विभिन्न चेतनामुलक सन्देस सहित व्यानर, पर्चा र पम्मप्लेटमा श्रमशोषण बन्दगरौँ, जाडरक्सी बन्दगराै, समान ज्याला कायमगराैँ, बालबालिकालाई पढ्न पठाऔं, छुवाछूत बन्द गराैँ, भुमिहीन सुकुमबासीहरुलाई जग्गा दिलाऔँ भन्ने नारा लेखेका प्लेकार्ड सहित नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।

¥यालीमा चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतो, इश्वरपुर इलाका प्रहरी कार्यालयका प्रमुख रौसन थापा, मुसहर अगुवाहरु र साप नेपालका कार्यक्रम संयोजक सहित अन्य किशोर किशोरीहरु महिलाहरु, बिद्यार्थीहरु र मुसहर अगुवाहरु निकै उत्साहित हुँदै सहभागी भएको कार्यक्रममा देखिएका दृष्य वरपरका मानिसहरु चाख मानेर हेरिरहेका थिए । टोल तथा बजार परिक्रमा पछि ¥यालि कोण सभामा परिणत भएको थियो । अण्डेफ र साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल) को सहयोगमा मुसहर महिला सशक्तिकरण मन्चको आयोजनामा संचालन गरेको ¥याली तथा अन्तरक्रिया कार्यक्रममा २ सय ५० जनाको उपस्थिति रहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

मन्तव्यको क्रममा समुदायमा अझै पनि दलितहरुको श्रम चल्ने तर उनीहरुले छोएको पानी नचल्ने गरेको मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष पतीदेवी माझीले बताइन । महाजनको घरमा धान काटने, गाई बस्तुको धन्दा गर्दा नछोइने तर लाईटर माग्दा छोइन्छ भनेर नदिएको उनले बताइन । समुहको अगुवा शिवकली देवी माझीले दलितका बालबालिका माथी विद्यालयमा समेत भेदभाव र हिंसा हुने गरेको हुँदा आफुहरु समुदाय स्तरबाटनै हिंसा विरुद्ध एकजुट भएको बताइन् ।

मुसहर अगुबा पचुलाल माझीले दसकौँ देखि विभिन्न बिभेद् सहदै आएका मुसहर समुदायका महिलाहरु केही समय यता आफ्नै अगुवाईमा लैङ्गिक हिंसाविरुद्ध कार्यक्रम आयोजना गरेर सडकमा आएको देख्दा खुसी लागेको बताए । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पछाडि परेका सीमान्तकृत समुदायका मुसहर महिलाहरु अधिकार खोज्दै सडकमा आएकाले आगामी दिनमा समुदायमा महिला हिंसा, बाल विबाहको घटनाहरु कम हुने बताए ।

उनले गाउँपालिकाले १२ कक्षा पास गरेर २० बर्ष पछि विबाह गर्ने बालिकालाई ५० हजार रुपैया विबाहको मण्डवमा गएर दिने बताए । साथै अगाडि पढ्न चाहेमा ११ हजार रुपैया सहयोग गर्ने बताए । यसका साथै दलित महिला लक्षित कार्यक्रम तथा योजनाहरु बनाउने प्रतिवद्धता व्यक्त गरे ।

इश्वरपुर इलाका प्रहरी कार्यालयका प्रमुख रौसन थापा महिलाहरुलाई कुनै पनि प्रकारको हिंसा सहेर बस्न नहुने भन्दै हिंसा भएमा प्रहरी वा नगरपालिकाको न्यायिक समितिमा खबर गर्नु पर्ने बताए । साउथएसिया पार्टनरसीप नेपाल साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले मुसहर महिलाहरु समुहमा आवद्ध भएर तालिम तथा अन्य क्षमता अभिवृद्धि मुलक कार्यक्रममा भाग लिएपछि धेरै परिवर्तन आएको बताए ।

हाल महिलाहरुले विकासका योजना माग गर्ने, सामुहिक खेती गर्ने, बचत गर्ने, बाल विवाह रोक्ने, जाँडरक्सी जुवाता रोक्ने गरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.