२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा १७ हजार भन्दा बढीलाई टाइफाइड विरुद्धको खोप दिईने – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

हरिवनमा १७ हजार भन्दा बढीलाई टाइफाइड विरुद्धको खोप दिईने

प्रेमनाथ पौडेल
सर्लाही,२२ चैत्र ।सर्लाहीको हरिवन नगरपालिकामा १७ हजार भन्दा बढीलाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ।नेपाल सरकारले यहि चैत्र २५ देखि संचालन गर्न लागेको पहिलो चरणको टाइफाइड विरुद्धको खोप कार्यक्रममा हरिवनमा १७ हजार भन्दा बढी बालबालिका लाई खोप दिईने भएको छ ।

पहिलो चरण अन्तरगत नेपाल सरकारले संचालन गर्न लागेको टाइफाइड विरुद्धको खोप कार्यक्रमको बारेमा हरिवन नगर स्वास्थ्य तथा सामाजिक विकास शाखाले नगरपालिकाको आफ्नै सभा हलमा पत्रकार सम्नेलन गरि खोपकोबारेमा जानकारी दिएको हो ।

विशेषत १५ बर्ष उमेर भित्रका बालबालिकामा टाइफाइड हुने र त्यस बाट बर्सेनि सयौको संख्यामा अकालमै बालबालिकाले ज्यान गुमाएको अवस्थामा अब कोहि पनि बालबालिकाले अकाल मै ज्यान गुमाउन नपरोस र रोग लाई देश बाटै उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले खोप कार्यक्रम अभियानकै रुपमा दुई चरण्मा गरि देशै भर संचालन गर्न लागे अनुरुप हरिवन नगरपालिकाले पनि यहि आउदो चैत्र २५देखि ३०गते सम्म खोप संचालन गर्न लागेको पत्रकार अन्तरक्रिया कार्यक्रम गरि खोपको बारेमा जानकारी दिएको हो ।

नगर उप प्रमुख रेनुका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा खोप लाई प्रभावकारी रुप मा संचालन गर्नको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरि नगर पालिका भित्र रहेका सामुदायिक २६ तथा निजि बिधालय २७ का साथै साबिक हरिवन सासापुर अत्रौली र घुर्कौलीमा रहेका ४स्वास्थ्य चौकी र ७आधारभुत स्वास्थसंस्थामा खोप केन्द्र संचालन गरि १५ महिना देखि १५बर्ष उमेर समूहका १७हजार १२ बालबालिका लाई खोप दिन लागिएको नगर स्वास्थ्य संयोजक शशिकान्त सिंहले जानकारी दिनु भयो ।
दुषित पानी र खाना अनि झिङ्गा बाट खाना हुँदै मानिसमा यो रोग म्यादी ज्वरो ज्यान नै जोखिम मृत्यु हुने सम्म रोग लगाउने जिबाणु बाहिरि वातावरण हुँदै ब्यक्तीमा सर्ने गर्दछ ।

टाइफाइड अर्थात म्यादी ज्वरोको रोकथामको लागि रोग संग लडने प्ररिरोधात्मक क्षमताको यो खोप लगाई सके पछि केहीमा ज्वरो आउने टाउको दुख्ने ,सुई लगाएको ठाउँमा सुनिने, हात गोडा तथा जोर्ने हरु दुख्ने हुन सक्छन तर त्यस्तो लक्षण देखिए पनि न आतिन बिस्तारै ठिक हुँदै जाने हुन्छ त्यस्तै अलि बढी भएमा र स्वास्थ्यचौकी र स्वास्थ्य चौकीमा सम्पर्क गर्न पनि नगर स्वास्थ्यशाखाले सबैमा आग्रह गरेको छ ।

एक्लो प्रयासले मात्रै कुनै पनि कार्य सफल तुल्याउन सम्भव नभएको हुदा खोपअभियान लाई सफल तुल्याउन कोभिड खोप मा जस्तै सबै को साथ र सहयोग को आबश्यक रहेको हुदा सबै तह तप्का बाट सहयोग पुर्याई पुर्ण खोप नगर बनाउन नगर उप प्रमुख रेनुका पौडेलले सबैमा आग्रह गर्नु भयो ।

कार्यक्रममा सासापुर स्वास्थ्यचौकीका प्रमुख श्यामबिनोद कुश्वाह ,हरिवन स्वास्थ्यचौकीका कृष्ण मोहन पोख्रेल ,पब्लिक नर्स लक्ष्मी अधिकारी विभिन्न स्वास्थ्य चौकीका जिल्लाका क्रियाशिल १ दर्जन भन्दा बढी पत्रकार हरुको उपस्थिती रहेको नगर स्वास्थ्य शाखाका सह संयोजक रामबाबु चौधरीले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.