१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पर्सामा १० हजार बढि बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाइने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पर्सामा १० हजार बढि बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाइने

पर्सा,२४ चैत्र ।सर्लाहीको पर्सा गाउँपालिकामा १० हजार भन्दा बढि बालबालिकाहरुलाई टाइफाईड विरुद्धको खोप लगाइने भएको छ । गाउँपालिका अध्यक्ष किशुनदेव रायको अध्यक्षतामा पर्सा गाउँपालिका स्वास्थ्य शाखाले पत्रकारहरु सँग अभिमुखिकरण कार्यक्रम गर्दै गाउँपालिका भित्र रहेका १० हजार ८ सय ९९ बालबालिकालाई टाइफाईड विरुद्धको खोप आउँदो २५ गते देखि ३० गते सम्म लगाइने जानकारी गराएका थिए ।

१० हजार ८ सय ९९ बालबालिका मध्ये ९ हजार ४२ स्कुले बालबालिका र १८ सय ५७ स्कुल बाहिर रहेका बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख नवल किशोर महताले जानकारी दिनुभयो । देशैभर चैत्र २५ गतेबाट सुरु हुन लागेको सो रोग विरुद्धको खोप अभियान अन्तर्गत पर्सामा १५ महिनादेखि १५ वर्ष १० हजार ८ सय ९९ बालबालिका गाउँपालिका भरी रहेका ८ वटा सामुदायिक विद्यालयहरुमा खोप केन्द्र राखि खोप दिन लागिएको स्वास्थ्य शाखा प्रमुख महतोले बताउनुभयो ।

के हो टाइफाईड रोग ?
टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने एक संक्रामक रोग हो ।
सालमोनल्ला टाफी, साल्मोनेल्ला पाराटाइफी एबीसी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्ने गर्दछ । यो रोग पनि एक प्रकारको सरुवा रोग हो । यो संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना र पानीबाट सर्ने गर्दछ । यो रोग जुनसुकै उमेरका व्यक्तिहरुमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर र जटिलता उच्च हुने डाक्टरहरुको भनाई छ ।

यो रोग लाग्दा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, टाउको, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने, पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने लगायतका लक्षणहरु देखिने गर्दछ । यो रोग लागिसकेपछि समयमै उपचार नगरे वा वेवास्ता गरे सानो आन्द्रामा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने, शरीरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने, मस्तिष्क सम्बन्धी जटिलताहरु देखिने र विरामीको मृत्यु समेत हुन सक्ने जोखिम हुने गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.