१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चक्रघट्टामा ११ हजार बढि बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाइने – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

चक्रघट्टामा ११ हजार बढि बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाइने

चक्रघट्टा,२ वैशाख ।सर्लाहीको चक्रघट्टा गाउँपालिकामा ११ हजार भन्दा बढि बालबालिकाहरुलाई टाइफाईड विरुद्धको खोप लगाइने भएको छ । गाउँपालिका निमित प्रशासकीय अधिकृत लालबाबु प्रसाद साहको अध्यक्षतामा चक्रघट्टा गाउँपालिका स्वास्थ्य शाखाले पत्रकारहरु सँग अभिमुखिकरण कार्यक्रम गर्दै गाउँपालिका भित्र रहेका ११ हजार २ सय बालबालिकालाई टाइफाईड विरुद्धको खोप आउँदो ४ गते देखि ९ गते सम्म लगाइने जानकारी गराएका थिए ।

११ हजार २ सय बालबालिका मध्ये ७२ सय ४९ स्कुले बालबालिका र १८ सय ५७ स्कुल बाहिर रहेका बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर साहले जानकारी दिनुभयो ।

देशैभर चैत्र २५ गतेबाट सुरु भएको सो रोग विरुद्धको खोप अभियानको दोस्रो चरण अन्तर्गत चक्रघट्टामा १५ महिनादेखि १५ वर्ष भित्रका बालबालिकालाई १० वटा सामुदायिक विद्यालय र १३ वटा निजि विद्यालयहरुमा ९ खोप केन्द्र राखि खोप दिन लागिएको जनस्वास्थ्य निरिक्षक रामफ्रेस साहले बताउनुभयो ।
के हो टाइफाईड रोग ?
टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने एक संक्रामक रोग हो ।
सालमोनल्ला टाफी, साल्मोनेल्ला पाराटाइफी एबीसी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्ने गर्दछ । यो रोग पनि एक प्रकारको सरुवा रोग हो । यो संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना र पानीबाट सर्ने गर्दछ । यो रोग जुनसुकै उमेरका व्यक्तिहरुमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर र जटिलता उच्च हुने डाक्टरहरुको भनाई छ ।

यो रोग लाग्दा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, टाउको, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने, पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने लगायतका लक्षणहरु देखिने गर्दछ । यो रोग लागिसकेपछि समयमै उपचार नगरे वा वेवास्ता गरे सानो आन्द्रामा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने, शरीरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने, मस्तिष्क सम्बन्धी जटिलताहरु देखिने र विरामीको मृत्यु समेत हुन सक्ने जोखिम हुने गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.