१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मौलापुर नगर प्रमुखको उम्मेदवार साहको देशैभरी चर्चा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

मौलापुर नगर प्रमुखको उम्मेदवार साहको देशैभरी चर्चा

रौतहट,२२ वैशाख ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहटको मौलापुर नगरपालिकाको मेयरमा गत निर्वाचनमा निर्वाचित भएपछि निवर्तमान मेयर रीनाकुमारी साहको चर्चा मधेस प्रदेशमा मात्रै नभई देशैभरी भयो ।

मधेस प्रदेशको सबै पालिकामा मेयर र प्रमुख गत निर्वाचनमा पुरुष मात्रै बिजयी भएको थिए । रीना साह एक मात्र महिला हुन जो मौलापुर नगरपालिकाको मेयरमा बिजयी भईन् । वितेको पाँच बर्षमा उनले केही उदाहरणीय काम गरेर मधेस प्रदेशमा मात्रै नभई देशैभरी उत्कृष्ट मेयर हुन सफल भईन् ।

गरिब, मजदुर, किसान परिवारलाई ग्यास सिलिण्ड, चुल्लो वितरण गर्नुका साथै उनले खेती किसानी गर्ने परिवारलाई बिउजिन, मल निशुल्क उपलब्ध गराएपछि उनको चर्चा बढदै गयो । मौलापुर नगरपालिकाबाट स्थानीयलाई दिनुपर्ने सेवा सुविधा समयमै उपलब्ध गराउँनुका साथै बिभिन्न किसिमका करहरु मिनाहा गरेपछि मौलापुरबासीले उनलाई एक असल नेताको रुपमा मान्न थाले ।

देशका अन्य पालिकाले बिभिन्न सेवा समयमै उपलब्ध नगराउने, करहरु बढाउँदै गईरहेको समयमा उनले कर मिना सहित बिभिन्न सेवा नगरबासीलाई उपलब्ध गराएपछि उनको चर्चा देशैभरी हुन थाल्यो ।

मौलापुरलाई स्मार्ट सिटिको रुपमा विकाश गर्न सफल साहले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सेवा प्रवाह तथा सुशासन, सामाजिक न्याय, खानेपानी तथा सरसफाई, खेलकुद, कृषी, उधोग, व्यापार, पर्यटन तथा संस्कृति लगायतका क्षेत्रमा नमुना काम उनले गरेपछि छिमेकी पालिका एवं जिल्लाका मान्छेहरुले उनले गरेको विकासको काम हेर्न आउँने गरेका छन् ।

देशका बिभिन्न ठाउँबाट मौलापुरमा विकास भएको काम हेर्न आउँने गरेको स्थानीय किशोरी यादवले बताए । साहले आफूहरुलाई हरेक क्षेत्रमा सहयोग र बिकासका काम गरेकाले उनलाई आफूहरुले समेत सहयोग गर्ने गरेको उनले बताए ।

उनै रीना साह आगामी निर्वाचनका लागि पुनः एमालेबाट मेयरको उम्मेदवार भएकी छन् । पहिले जनताको बीचमा बिभिन्न काम गरेर चर्चा बटुलेकी साह अहिले घरदैलो कार्यक्रममा व्यस्त छिन् । बिभिन्न योजना सहित सर्वसधारणको घरमा पुगिरहेकी साहले आफू दोस्रो कार्यकालका लागि मेयरमा विजयी भए बिभिन्न योजनाहरु पुरा गर्ने र जनताको चाहना तथा आश्यक्ता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेकी छन् ।

यस्तो छ रीना साहले प्रतिबद्धतापत्रः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.