१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात – Nigrani Today
ताजा खबरसमाचारसमाज

युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज काठमाडौंको लैनचौर स्थित अमृत साइन्स क्याम्पस परिसरको सरसफाइ सो अभियानको सुरुवात गरिएको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आथित्यतामा अभियानको शुभाराम्भ गरिएको छ । नेता खनालले कार्यक्रमलाई सम्बोधन गर्दै समाजमा भौतिक र राजनीतिक दुई प्रकारका फोहोर रहेको र दुबै खाले फोहोर युवाहरूले मात्र सफाइ गर्ने बताएका थिए ।

युवा संघको अध्यक्ष कृष्ण विक सहित संघका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । `महिनाको दुई दिन : दुई घन्टा, मेरो राष्ट्रका लागि…!´ भन्ने नाराका साथ अभियानलाई राष्ट्र व्यापि बनाउने अभियानका संयोजक मनोज खत्रीले जानकारी दिए ।

नेकपा एमालेबाट बिभाजन भइ बनेको एकीकृत समाजवादीका युवाहरुले विगत दुई बर्ष देखि यो अभियान सन्चालन गर्दै आईरहेका थिए । तर युवा संघको आन्तरिक विबादले एक बर्ष देखि सो अभियान स्थगित रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.