१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजवादीले खोल्यो हरिपुरमा खाता – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

समाजवादीले खोल्यो हरिपुरमा खाता

सर्लाही ३१वैशाख।। माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीले पनि सर्लाहीमा खाता खोलेको छ ।

जिल्लाको हरिपुर नगरपालिका ९ मा सजवादीका विश्वनाथ राय यादव ११८७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका हरिनाथ साहले ५५५ मत मात्रै ल्याएका छन् ।

यस्तै हरिपुरमा प्रमुख पदमा पनि समाजवादीका जमरुद्धीन मन्सुरले नै लिड गरेका छन् । पछिल्लो अपडेट अनुसार निवर्तमान मेयर समेत रहेका जमरुद्धीनले ८८१ मतका साथ लिड गरिरहेका छन् । उनलाई काँग्रेसका गोपाल पँजियारले ७२० मतका साथ पछ्याईरहेका छन् । माओवादीका सुनिल बुढाथोकी ४६२ मतका साथ तेश्रोमा छन् ।

त्यस्तै उपमेयरमा पनि समाजवादीकै सीता कार्कीले १०२० मतका साथ लिड गरिरहेकी छन् । उनलाई काँग्रेसकै लिलम यादवले ५९५ मतका साथ पछ्याई रहेकी छन् । माओवादी केन्द्रकी अनिलादेवी महतो ५०५ मतसहित तेश्रो नम्बरमा छिन् ।

हरिपुरमा एमाले भने चौथो नम्बरमा छ । एमालेका मेयर उमेदवार यादव सरकारले ५६ मत पाएका छन् भने उपमेयरमा निवर्तमान उपमेयर रेणुका काफ्लेले ६६ मत पाएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.