१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिपुर नगरपालिकामा पनि कांग्रेसका पजियार विजयी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

हरिपुर नगरपालिकामा पनि कांग्रेसका पजियार विजयी

सर्लाही,२ जेठ ।सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित भएको छ । नेपाली कांग्रेस बाट नगर प्रमुखका उम्मेदवार गोपाल पजियारले ६९३८ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३८८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५५५२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाको निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्म्ेदवार शिला कार्कीले ४०७६ मत प्राप्त गर्नुभएको छ । नौ वटा वडा रहेको हरपिुर नगरपालकिामा वडा नम्बर १र ३,माओवादी २ र ४ मा एमाले ५,६ ७ काँग्रेस ८,९ मा एकीकृत समाजवादीका वाडाध्यक्ष वजियी भएका छन् ।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी दोश्रो कार्यकालको लागि विजयी हुनुभएको छ । नवनिर्विाचित साह र सहनी स्थानिय तह निर्वाचन २०७४मा पनि नेपाली कांग्रेस बाटै विजयी हुनुभएको थियो । यो दाश्रो कार्यकाल रहने छ ।

साहले ४४७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सहनीले ४५०४ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । गाउँपालिका अध्यक्ष साहकोे निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गर्नुभएको थियो ।

एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ ।यो सँगै सर्लाहीको २० पालिका हरु मध्ये दुई पालिकाको मतपरिणाम अनुसारले नेपाली कांग्रेसले दुई पालिकामा जित निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.