११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीको रामनगरमा सर्लाहीकै सबैभन्दा कान्छो गापा अध्यक्ष निर्वाचित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीको रामनगरमा सर्लाहीकै सबैभन्दा कान्छो गापा अध्यक्ष निर्वाचित

राकेश गुप्ता
सर्लाही,२ जेठ ।सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले खाता खोलेको छ । रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी भएको छ । यादव २२ वर्षिय युवक हुन । यादवले ४ हजार ८१ मत ल्याएर बिजय हुनुभएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

राजाबाबु यादवका निकटतम् प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरे । राजाबाबुको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका आफ्नै काकालाई पराजित गरेको छ ।

त्यस्तै रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गिता देवी साहले ३५२३ मत ल्याएर विजयी हुनुभएकी छन । उहाकै निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत प्राप्त गरे । राजाबाबु माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुन् ।

२०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएपनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिव पुजन रायको उम्मेद्वारी खारेजीमा परेको थियो । रामनगर गाउँपालिका गरी सर्लाहीमा तिन पालिकाको नतिजा सार्वजनिक भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.