१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवा नगरपालिकामा मेयरमा कटुवाल निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बरहथवा नगरपालिकामा मेयरमा कटुवाल निर्वाचित

सर्लाही,९जेठ ।सर्लाहीको बरहथवा नगरपालिकाले महिला मेयर पाएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य कल्पना कुमारी कटुवाल बरहथवा नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो ।

कटुवाल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा पालिका प्रमुख बन्ने एक मात्र महिला मेयर बन्नुभएको छ।

अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष समेत रहनुभएकी कटुवाल १२ हजार २ सय ७३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वतमान मेयर देवान्नद महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो । कटुवालले निर्वतमान मेयर महतोले भन्दा ५ हजार ६ सय ७ मत बढी ल्याउनु भयो ।

त्यसैगरी बरहथवा नगरपालिकामा उपमेयरमा पनि एमालेले नै बाजी मारेको छ । एमालेका उमेदवार रामबाबु प्रसाद साह ९ हजार ९ सय १ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार गङ्गा दाहालले ७ सात १ सय २९ मत ल्याउनुभयो ।

बरहथवा नगरपालिकाको मत परिणाम सार्वजनिक भएसँगै सर्लाहीको २० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

जसमध्ये नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी (जसपा)ले दुई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक र नेकपा एमालेले एक पालिका जितेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.