१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
वडा अध्यक्ष रायले १० जना छात्रालाई निःशुल्क शिक्षा दिने निर्णय गर्दै पदभार ग्रहण गरे – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

वडा अध्यक्ष रायले १० जना छात्रालाई निःशुल्क शिक्षा दिने निर्णय गर्दै पदभार ग्रहण गरे

मुकेश झा
सर्लाही,२१ जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिनेश रायले पदभार ग्रहण गरेको छ । वडा अध्यक्ष रायलाई नगर प्रमुख बिनोद कुमार साहले पदभार ग्रहण गराएको हो ।

वडा अध्यक्ष रायले पदभार ग्रहण गर्दै महत्वपुर्ण निर्णय समेत गरेको छ । वडा अध्यक्ष रायले १० जना गरिब जेहेन्दार छात्राहरुलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ ।

यसैगरी वडा अध्यक्ष रायले वडा नं. २ मा१५ शैयाको निर्माणधिन हरिपुर्वा अस्पताल अविलम्ब संचालन गर्ने , वडा भवन निर्माण गर्ने निर्णय गरेको हरिपुर्वा नगरपालिकाले जनाएको छ ।

सर्लाहीमा यतिबेला नव निर्वाचित जनप्रतिनिधिहरु एक पछि अर्को लोकप्रिय निर्णय गर्दै पदभार ग्रहण गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.