ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय
पिडारीमा कुलदिप रामको अध्यक्षतामा ५१ सदस्यीय बहुजनको कमिटी गठन
हरिपुर,२१ जेठ । सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ९ पिडारीमा शनिवार बहुजन एकता पार्टी नेपालको ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।
एक कार्यक्रमका बिच बहुजन एकता पार्टी नेपालका बरिष्ठ नेता राजाराम पासवानले पिडारीमा कुलदिप रामको अध्यक्षतामा ५१ सदस्यीय पिडारी गाउँ कमिटी गठन गराएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।
कमिटीको उपाध्यक्ष लगनी माझी ,राम नरेश राम,पवन माझी सचिबमा सबिन हुसैन कोषाध्यक्षमा राम नारायण राम,उप–कोषाध्यक्षमा अरबिन्द साह,उप सचिबमा सोनिया माझी ,सदस्यमा सुनिता साह गरी ५१ सदस्यीय पिडारी गाउँ कमिटी गठन गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।