१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विभिन्न देश पठाइ दिने भन्दै लाखौं ठग्ने साह फरार – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विभिन्न देश पठाइ दिने भन्दै लाखौं ठग्ने साह फरार

मनोज यादव
सर्लाही,२२ जेठ । बेरोजगारीको समस्याबाट जुधिरहेका सर्लाहीका दर्जनौं युवा तथा युवतीहरु ठगिको सिकार बनेका छन् ।उनीहरु आफुलाई सर्लाही जिल्ला हुलाक कार्यालय मलंगवाको कर्मचारी बताउने विष्णु गाउँपालिका वडा नं. ६ सिमरा निवासी राजेन्द्र प्रसाद साहको छोरा ओमप्रकाश साह सोनरबाट ठगिको सिकार बनेका छन् ।

ओमप्रकाश साह सदरमुकाम मलंगवासहित मलंगवा आसपास गाउँका पढेलेखेका तर बेरोजगार युवाहरुसँग जापान तथा खाडी मुलुकमा पठाइदिने प्रलोभनमा पारेर प्रति व्यक्ति २ लाख रुपैयाँ देखि ८ लाख रुपैयाँ सम्म रकम उठाएर सम्पर्क विहिन भएको मलंगवा वडा नं.२ का एक पिडित युवा मनोज साहले बताए ।ओमप्रकाशले आफुसँग पनि जापान पठाइदिन्छु भनेर ८ लाख रुपैयाँ ठगि गरेर बेपत्ता भएको गुनासो गरेका छन् ।

ओमप्रकाशले पढेलेखेका तर कहिंकतै नोकरी नपाएर लामो समयदेखि बेरोजगार बसेका सोझासाझा निराश युवायुवतीहरु लाई आफु जिल्ला हुलाक कार्यालय मलंगवामा कार्यरत सरकारी कर्मचारी हुँ,म तिमीहरूलाई राम्रो काममा पठाइदिन्छु भनि प्रलोभनमा पारेर कुनै अर्कै ब्यक्तिलाई हुलाक कार्यालयको नक्कली कर्मचारी बनाएर आफ्नो जालमा फंसिसकेको क्लाइन्टसँग कुराकानी गराएर मोटो रकम असुल गर्ने गरेको पिडित युवक मनोज साहले बताए ।

सोझासाझा बेरोजगार युवायुवतीहरुबाट लाखौं रकम उठाएर उक्त ब्याक्ती २०७७ साल कार्तिक महिनादेखिनै सम्पर्क विहिन भएपछि निजको खोजिनिती गर्दै जाँदा निज ब्यक्ति भारतको राजस्थान राज्यको कुनै ठाउँमा लुकेर बसेको जानकारी पाएको पिडित साहले बताए । ओमप्रकाश अहिले भारत बाट नै भारतीय नम्बरको प्रयोग गरी ठग्ने कार्य गरिनै रहेको आफुहरु सँग प्रमाण समेत रहेको पिडक युवकले बताए ।

निजले लामो समयदेखि हुलाक कार्यालयमा उपस्थित नभइकन पनि सरकारी तलब सुविधा खाइरहेको समेत आफुहरु सँग प्रमाण रहेकोले सोही कुराको जानकारी जिल्ला हुलाक कार्यालय मलंगवाका प्रमुखलाई गराउँदा उहाँले उक्त ब्यक्ति फटाह रहेको अनुसंधानबाट खुल्न आएकोले यस्तो ब्यक्तिलाई कार्यवाही गर्ने आश्वासन दिएको पिडित साहले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.