१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
विश्व वातावरण दिवस सर्लाहीमा पनि मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

विश्व वातावरण दिवस सर्लाहीमा पनि मनाइयो

ईश्वरपुर, २२ जेठ । सर्लाहीमा विश्व वातावरण दिवस मनाइएको छ । “एउटा मात्र पृथ्वी “ मुल नाराका साथ विश्व वातावरण दिवस सर्लाहीको ईश्वरपुर नगरपालिकामा मनाइएको छ । ईश्वरपुर नगरपालिका वडा नं. ९,१० र ११ गरी संयुुक्तरुपमा बाल क्लवका बालबालिकाहरु बिच वातावरण संरक्षण तथा सरसफाईमा हाम्रो भुमिका बारेमा वतृत्वकला गरी दिवस मनाइएको हो ।

ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरण, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ईश्वरपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियोजना अन्तगर्त आइतवार दिवस मनाइएको हो । वडा नं. ११ का कार्यवाहक वडा अध्यक्ष राम पुकार चौधरीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा विश्व वातावरण सम्बन्धि सहभागीहरुले मनत्वय राखेका थिए ।

कार्यक्रममा स्वता यादव, चंचला कुमारी साह, ममता पंडित, रानी कुमारी महतो र प्रमोसन साह क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान प्राप्त गरेकोले पुरष्कार वितरण समेत गरिएको थियो । साथै १ सय जना बालबालिकाहरुलाई पनि १÷१ थान कापि र कलम प्रदान गरिएको थियो ।

सो कार्यक्रममा वडा नं.९ का वडा अध्यक्ष नन्दलाल चौधरी, वडा नं. १० का वडा अध्यक्ष राश नारायण चौधरी वडा नं.११ का वडा अध्यक्ष राम दुलार साह र वडा नं. १० र ११ का वडा सचिव प्रमेन्द्र कुमार चौधरी, जनता अधारभुत विधालय करमोहानका प्र.अ. लालबहादुर चौलागाई, विरेन्द्र प्रा. वि.रामनगरका प्र. अ. नन्दलाल चौधरी, ईश्वरपुर बेला मा. वि. कि शिक्षिका रंजिता कुमारी चौधरी, वडा स्तरिय बाल संरक्षण समिति वडा नं. ११ कि सदस्य सुनिता कुमारी साह , ग्रामीण नारी उत्थान संघ हरिपुर–२ समुदाय परिचालक प्रभा कुमारी चौधरी, गिता कुमारी शर्मा र राम विश्वास चौधरीको समेत उपस्थिति सहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.