१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
छठियारको भोज खाएर फर्कने क्रममा कार दुर्घटना हुदाँ एक बालकको मृत्यु सात जना घाईते – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

छठियारको भोज खाएर फर्कने क्रममा कार दुर्घटना हुदाँ एक बालकको मृत्यु सात जना घाईते

सर्लाही,५ असार । सर्लाहीमा कार दुर्घटना हुदाँ एक जना बालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन । न्वारन(छठियार)को भोज खाएर फर्किने क्रममा कार दुर्घना हुदाँ रौतहटको वृन्दावन नगरपालिका ४ हरैया बस्ने ४ वर्षिय गम्भिर यादवको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाईते भएका छन ।दुर्घनामा परेको बिआर०५एआर५१३७ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई छठीघाट पुलबाट १५ फिट तल खसेको थियो । कारमा चालकसहित ९ जना सवार थिए ।

सर्लाहीको धनकौन गाउँपालिका वडा नं. ५ स्थित छठी घाट पुलमा छतौना बाट छठियारको भोज खाई जिल्ला रौतहट वृन्दावन हरैया तर्फ फर्किने क्रममा उक्त कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि कारका चालक फरार रहेका छन् । कारमा सवार अन्य सात जना घाईतेहरुको बरहथवास्थित एडभान्स संजीवी अस्पतालमा उपचार भइरहेको छ ।

घाईते हुनेहरुमा वृन्दावन नगरपालिका ४ हरैयाका ७० वर्षिय महेन्द्र राय, सोही ठाउँका ४ वर्षिय अमित कुमार यादव, ६ वर्षिय अनिकेत यादव, १० वर्षिय गौतम कुमार यादव, १४ वर्षिय मिरा कुमारी यादव, १७ वर्षिय शोभा कुमारी यादव, ३२ वर्षिय जितेन्द्र कुमार यादव रहेका छन् । घाईतेमध्ये ७० वर्षिय महेन्द्र यादवबाहेक ६ जनालाई समान्य चोट लागेको छ । महेन्द्रको भने शरीरका विभिन्न भागमा चोट लाग्नुको साथै तिघ्रा भाँचिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.