१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
ईश्वरपुरमा १ सय १० जना मनकारी व्यक्तिले गरे रक्तदान – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ईश्वरपुरमा १ सय १० जना मनकारी व्यक्तिले गरे रक्तदान

सर्लाही,५ असार। सर्लाहीको ईश्वरपुर नगरपालिकामा १ सय १० जना मनकारी व्यक्तिहरुले रक्तदान गरेका छन । वडा नं.६, बयलवास बजारमा शनिवार १ सय १० जनाले रक्तदान गरेका छन् ।

नेपाल आरोग्य संगठन ईश्वरपुर नगर समितिले आयोजना गरेको शिविरमा सो संख्याका मानिसहरुले रक्तदान गरेका हुन् । संस्थाका अध्यक्ष प्रकाश मैनालीको अध्यक्षता, केन्द्रीय अध्यक्ष राजेश कुमार सिंहको प्रमुख आतिथ्यता र ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।

शिविरसँगै पर्यावरणीय सचेतनामूलक कार्यक्रम समेत गरिएको थियो । शिविरमा संकलित रगत नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्तसञ्चार केन्द्र जनकपुर पठाइएको कार्यक्रम संचालक एवं नेपाल आरोग्य संगठन ईश्वरपुरका सचिव शंकर काफ्लेले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.