१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि अन्तरक्रिया कार्यक्रम गरियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि अन्तरक्रिया कार्यक्रम गरियो

सर्लाही,६ असार । सर्लाही लालबन्दी नगरपालिकामा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमवार वडा नं. १ नवलपुरमा मतदाता नामावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागी जिल्ला स्थित सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दलित सरोकार मञ्च नेपाल कंचनरुप, सप्तरीको आयोजनामा सुरु भएको कार्यक्रममा मतदाता नामावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच अझै पुग्न नसकेको र मतदाता नामावलीमा ती समुदायहरुको सुनिश्चिता के कसरी गर्ने विषयमा छलफल भएको थियो ।

 

कार्यक्रममा बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवाले अब दलित अरु पछुवा नबनी अब विभिन्न समुदायको अगुवा बन्ने बताउनुभयो । नवलपुर स्थित अनमोल होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ पासवानले दलित समुदायलाई शिक्षा अती आवश्यक हो दलित परिवारले बालबालिकालाई उचित शिक्षा प्रदान गर्नुपर्ने हुनेछ, दलित समुदाय शिक्षित भए मात्र अरुको अगुवा बन्न सक्ने उहाले दाबी गर्नुभयो ।

वरिष्ठ नेता पासवानले मतदाता नामवलीमा सम्पूर्ण दलित समुदको व्यक्तिलाई नाम दर्ता गराउन आग्रह समेत गर्नुभयो। अन्याय गर्नु हुदैन तर अन्याय पनि सहनु हुदैन, जातिय विभेद अन्तय गर्नुपर्छ पासवनले आफनो अभिव्यक्ति व्यक्त गर्नुभयो । राज्यको हरेक अंगमा दलित समुदाय आफै लडेर आफनो अधिकार लिनुपर्छ।

राज्यले दलित समुदायलाई वडा सदस्य लगायत विभित्र पानी सदस्य दिएर विभेद गरेको छ, अब हामी सबै दलित एकजुट भई बिभेद अन्तयको विरुद्धमा लडनुपर्ने आवश्यकता भएको पासवानले बताउनुभयो ।कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरु, जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेल, दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.