ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय
हरिपुरमा बहुजन एकता पार्टी नेपालको तदर्थ समिति गठन
सर्लाही,२१असार।सर्लाहीको हरिपुर नगरपालिकामा बहुजन एकता पार्टी नेपालको तदर्थ समिति गठन गरिएको छ ।
मंगलबार वडा नं ८ हातिसारमा वडा नं २ र ८ को संयुक्त बहुजन एकता पार्टी नेपालको तदर्थ समिति गठन गरिएको छ ।
बहुजन एकता पार्टी नेपालको बरिस्ठ नेता राजा राम पासवानको प्रमुख आतिथ्यमा मन्चित दास अध्यक्ष रहने गरि ३५ सदस्यीय कमिटी गठन गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।
समितिको उपाध्यक्षमा फूल कुमारी बि क,सचिमा फेकन दास ,कोषाध्यक्षमा सीता राम परियार ,सदस्यमा गज बहादुर नेपाली ,राजो माझी लगायतका व्यक्तिहरु छ्नोट भएको छ ।
कार्यक्रममाबहुजन एकता पार्टी नेपालको बरिस्ठ नेता पासवानले बहुजन बन्चित, गरिब, मजदुर ,किसानहरुको हक ,अधिकार तथा परिवर्तनको लागी बहुजन एकता पार्टी नेपाल निर्माण भएको ,बताउनुभयो ।