३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ९८ उम्मेदवारले मात्र चुनावी खर्च विवरण बुझाए – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा ९८ उम्मेदवारले मात्र चुनावी खर्च विवरण बुझाए

सर्लाही,२१ असार । सर्लाहीमा स्थानीय तह निर्वाचनको चुनावी खर्च विवरण ९८ जना उम्मेदवारले मात्रै जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्।वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा जिल्लाभर छ हजार २४६ जना उम्मेदवार मध्ये ९८ जना उम्मेदवारले मात्रै चुनावी खर्च विवरण बुझाएका हुन्।स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तह सदस्य निर्वाचनका प्रत्येक उम्मेदवारले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ।

तर, सर्लाहीमा भने निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र छ हजार २४६ जना उम्मेदवारमध्ये ९८ जनाले मात्रै चुनावी खर्चको विवरण पेस गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।वैशाख ३० को निर्वाचनबाट जिल्लाभर एक हजार ४० जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

विजयी पालिका प्रमुखहरुमध्ये लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले मात्रै चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख भुजेलले बताए।खर्च विवरण बुझाउने अन्य उम्मेदवारहरुमा विजयी हुने र पराजित हुने दुवै छन्। जिल्लामा स्थानीय तह सदस्य निर्वाचनको परिणाम घोषणा भएको ३० दिन अवधि गुज्रिसकेकाले अब निर्वाचन खर्चको विवरण कार्यालयमा नबुझिने निर्वाचन कार्यालयले जनाएको छ।

म्याद गुज्रिएपछि पनि केही उम्मेदवार खर्च विवरण बुझाउन आएको भएपनि उनीहरुको विवरण अस्वीकार गरेर फर्काइएको बताए। बरहथवा नगरपालिका बाहेक अन्य स्थानीय तहको कार्यपालिका सदस्यको म्याद सकिसकेको छ। जिल्ला समन्वय समिति सदस्यको भने खर्च विवरण बुझाउने म्याद बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। बरहथबा नगर कार्यपालिका सदस्यको असार २३ गते र जिल्ला समन्वय समिति सदस्यको साउन ५ गते चुनावी खर्च विवरण बुझाउने समय सकिदै छ। स्रोत ः थाहखबर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.