ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
पानीमा डुबेर एक बालिकाको मृत्यु

सर्लाही,२२ असार । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो आफ्नै घरको आँगनमा खेल्दै गरेकी २ बर्षकी बालीकाको पानीमा डुबेर ज्यान गएको छ ।
दिउँसो साँडे ४ बजेको समयमा हरिवन नगरपालिका २ बस्ने बिजय महतोको छोरी अनुसा महतो खेल्ने क्रममा आँगनमा राखिएको पानिको ड्रममा डुबेर बेहोस भएकी थिईन ।
उनलाई तत्कालै उपचारका लागी नमुना अस्पताल हरिवनमा लगिएको भएपनि चिकित्सकले मृत्यु भईसकेको बताएका थिए । मृतक बालिकाको शव पोष्ट मार्टमका लागी प्रादेशिक अस्पताल मलंगवा पठाईएको हरिवन प्रहरीले जनाएको छ ।