२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
उदाहरणीय कार्य गर्दै समाजसेवी थापाले मनाइन जन्मदिन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

उदाहरणीय कार्य गर्दै समाजसेवी थापाले मनाइन जन्मदिन

लालबन्दी, २४ असार । सर्लाहीको लालबन्दी नगरपालिकामा समाजसेवी तथा महिला नेतृ सर्मिला थापाले आफ्नो जन्मदिन मनाएकी छन । निरन्तर समाजसेवामा सक्रिय रहदै आएकी तथा नेपाली कांग्रेस मधेश प्रदेश कार्य सम्पादन समिति सदस्य समेत रहेकी महिला नेत्री थापाले लालबन्दी नगगरपालिका वडा नं. ४ मा रहेको मुसहर बस्तीमा गएर बालबालिकाहरु सँग आफनो जन्मदिन मनाइएकी स्थानिय विजय माझीले जानकारी दिए ।

जन्मदिन सबैले मनाउने गर्छ तर थापा निरन्तर समाजसेवामा लागेको हुदाँ अलि फरक तरिका बाट ५० जना मुसहर बालबालिकालाई मिष्ठान भोजन गराएर आफनो जन्म दिन मनाएकी स्थानिय माझीले बताए ।थापाले आफनो जन्मदिन मुसहर बस्तीकै बालबालिकाहरु सँग मनाउने निर्णय गरी जन्म दिन मनाएर उदाहरणीय तथा सराहणीय कार्र्य गरेको स्थानिय माझीले बताए ।

यस वर्ष मुसहर बालबालिकाहरुलाई मिष्ठान भोजन गराएर थापाले जन्मदिन मनाए पनि अब हरेक वर्ष केहि नयाँ तथा समाजिक कार्य गरेर जन्मदिन मनाउने थापाले उदघोष समेत गरेकी छन । थापा यस अघि नेपालको विभिन्न जिल्लामा विभिन्न किसिमको समाजिक कार्यहरु गर्दै आएकी छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.