१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा डेंगु सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

लालबन्दीमा डेंगु सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न

लालबन्दी,२४ असार । सर्लाहीको लालबन्दी नगरपालिकामा डेंगु सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश सरकारको सामाजिक बिकाश मन्त्रालय, स्वास्थ्य निर्देशनालाय धनुषाको आयोजनामा शुक्रवार लालबन्दीमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

लालबन्दी नगरपालिकाको पुरानो कार्यालयमा रहेको हलमा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी, उपमेयर कल्पना पाख्रिन, प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सिनासहित १७ ओटै वडाका वडाध्यक्षहरु, नगर स्वास्थ्य शाखाका कर्मचारीहरु र ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक सान्ताराम कार्किको सहभागीता रहेको थियो ।

कार्यक्रममा डेंगु रोगको ईतिहास, देखि रोगबाट बच्ने उपाएसम्मको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका ईमर्जेन्सि बिभाग प्रमुख डाक्टर सरद यादवले रोगको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.