१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवामा विभिन्न जातको १ हजार विरुवा रोपिदैँ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बरहथवामा विभिन्न जातको १ हजार विरुवा रोपिदैँ

बरहथवा ,२५ असार । सर्लाहीको बरहथवा नगरपालिका र डिभिजन वन कार्यालय सर्लाहीले शनिबारबाट वृक्षारोपण कार्यको थालनी गरेको छ।

नयाँरोड वरहथवा सडक खण्डको मुर्तिया देखि बरहथवा बजारसम्मको करिव तीन किलोमिटर सडकको दुवैतिर विभिन्न जातको एक हजार विरुवा रोपिने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मंजुर आलमले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यको थालनी शनिवार बरहथवा नगरपालिका मेयर कल्पना कटुवालले गर्नुभएको हो। डिभिजन वन कार्यालयले उपलब्ध गराएको गुलमोर ,कल्की ,असोक, निम लगायत वातावरणमैत्री जातका विरुवा रोपिने सहायक वन अधिकृत सिपी यादवले जानकारी दिनुभयो ।

नगरपालिकाले अन्य सार्वजनिक ऐलानी र सडकको दायाँबायाँ क्रमशः वृक्षारोपण गर्दै जाने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.