१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
फालिएको नवजात शिशुको उपचार हुँदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

फालिएको नवजात शिशुको उपचार हुँदै

मलंगवा, २७ असार । सर्लाहीको बसबरिया गाउँपालिकाको मानपुर स्थित बाँस घारीमा भर्खरै जन्मिएको एक नवजात शिशु फेला परेको छ ।

शनिवार दिउँसो २ः३० बजेको समयमा मानपुर गाउँ नजिकै रहेको बाँसघारीमा झोलामा राखि फालिएको अवस्थामा नवजात शिशुलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

इलाका प्रहरी कार्यालय मानपुरको टोलीले बच्चालाई उद्धार गरी प्रदेशिक अस्पताल मलङ्गवा हिजो साँझ ५ बजेको समयमा ल्याईएको थियो ।

शिशुको शरिरभरी कमिला लागि सककोले प्रदेशिक अस्पताल मलङ्गवामा उपचार सम्भव नभएपछि अस्पतालका कर्मचारी र प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा गएराती पुर्‍याएको थियो ।

तर त्याहाँ शिशुको उपचारमा अस्पतालले खासै चासो नलिएपछि घटना सम्बन्धमा थाहा पाएर अस्पताल पुग्नुभएका सर्लाही क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य उपेन्द्र महतोले शिशुको उपचार लगायत व्यवस्थापन गर्न लगाउनुभएको छ ।

महतोले मधेश बिज्ञान प्रतिष्ठानका उप कुलपति डा रामकेवल साह, रजिस्ट्रार डा बिनोद यादव र रेक्टर डा अंकुर साहसँग समन्वय गरी बच्चाको सम्पूर्ण उपचारको जिम्मा प्रतिष्ठानले लिएको बताउनुभयो। जनकपुर प्रादेशिक अस्पताल मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत रहेकोछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.