१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
इन्जिनियर पेशा गत सुरक्षा कमजोर हुनुमा एसोसियशन जिम्मेवार छ : मैनाली – Nigrani Today
ताजा खबरसमाचार

इन्जिनियर पेशा गत सुरक्षा कमजोर हुनुमा एसोसियशन जिम्मेवार छ : मैनाली

ललितपुर,३ श्रावण ।अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एशोसियसनमाथी प्रश्न उठाउने बेला भएको धारणा राखेका छन ।
अखिल(क्रान्तिकारी) पुल्चोक क्याम्पसद्वारा ललितपुरको पुल्चोकमा आज आयोजि रक्तदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै मैनालीले यस्तो धारणा राखेका हुन ।

पुल्चोक क्यामपसकै भन्दा दश बर्ष पुरानो इतिहास बोकेको नेपाल इन्जिनियर्स एशोसियसनले इन्जिनियरहरुका पक्षमा कति काम गर्यो , मुलुकको बिकाशमा के कति योगदान गर्यो , यतिका रास्ट्रिय गौरबका आयोजनाहरु बन्न ढिलाई हुँदा के भुमिका खेलिरहेको छ भनेर खोजी गर्ने गर्ने बेला भएको भन्दै सिभिल इन्जिनियर समेत रहेका मैनालीले अगाडी प्रश्न गरे “निजगड अन्तरास्ट्रिय बिमान स्थलकै सवालमा वातबरणिय र बिकाशको एंगलबाट ठिक या बेठिक भन्ने जनताको तल्लो तह सम्म चाँसो र कन्फ्युजन छ । तर तपाईंले एकाधलाई छाडेर कोहि हाम्रा इन्जिनियरले यो बिषयमा बहस गरेको सुन्नुभएको छ ? मैले त सुनेको छैन ।”

इन्जिनियरिङ क्षेत्र बिकाशको मोडल र दृष्टिकोण निर्माणमा असफल हुनुले कहिले केपी वलिका पानी जहाज र रेल त कहिले शालिक र धरहराले समाजमा समृ्द्धिको गलत भाष्य स्थापीत गर्न खोजेको भन्दै इन्जियर्स एशोसियसनले मुलुकमा चलिरहेको समृद्धिको डिस्कोर्समा अगुवाइ गर्नु पर्ने धारणा नेता मैनालीले राखेको अध्यक्ष पवन कार्कीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा पुल्चोक क्याम्पस सभापति रोशन थापा मगर सहित बिध्यार्थी नेताहरु नरेन्द्र बयाडी,भुषण गाहामगर ,अनुप क्षेत्री र अशिष थापा सहित ईन्जिनियरङ क्षेत्रका बर्तमान र पुर्व बिध्यार्थी नेताहरु रक्तदानमा कार्यमा संलग्न रहेको कार्कीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.