१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा ११ केवि विद्युतिय तार चुडेर खस्दा ४ घाइते – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा ११ केवि विद्युतिय तार चुडेर खस्दा ४ घाइते

सर्लाही,६श्रावन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बुधवार राति ११ केवि विद्युतिय तार चुडेर खस्दा ४ जना घाइते भएका छन ।

वडा नं. २ बिरताबजारमा रहेको ११ केवि विद्युतिय जिर्ण तार तल खस्दा आंगनमा बसेका एकै परिवारका ३२ वर्षिया किरण देवी यादव, २५ वर्षिय प्रियंका देवी यादव र ४ वर्षिय बालिक अनेखा यादव घाइते भएको पिडित परिवारका सदस्य शैलेन्द्र यादवले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं. २ कै ७५ वर्षिया मरनी देवीको उपर तार खस्दा गम्भिर घाइते भएको छ । घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भैरहेको छ भने गम्भिर घाइते मरनीलाई थप उपचारको लागि लालबन्दी लगने तयारी भैरहेको मरनी देवीका नाती संतोष यादवले जानकारी दिनुभयो ।

वर्षौ देखि ११ केवि तारको जोडमा फल्डको समस्या थियो, लगभग हालसम्मा एक सय चाराहरु तार फोल्ड भएकै ठाउँमा करेन्ट लागेर ज्यान गुमाएको थियो, नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई पटक पटक तारको विषयमा जानकारी गराउँदा पनि कुनै चासो नदिएको वडा नं. २ का स्थानिय नवल नेपालले बताउनुभयो ।

जिर्ण तारलाई समयमै मर्मत संभार नगर्दा ठुलो घटना घटे पनि मानिसको ज्यान जोगिएको स्थानिय नेपालले जानकारी दिनुभयो । तार घस्दा लाइन कटेर चोट पटक मात्र लागेर मानिसहरु घाइते भएको स्थानिय नेपालले बताउनु्भयो ।

बिगत २० वर्ष देखि जडान भएका विद्युतीय जिर्ण तारहरु प्राधिकरणका लापारवाहीले गर्दा अहिले ग्रामिण क्षेत्रका बस्तीहरु जोखिममा रहेको छ , जिर्ण तारहरु समयमै मर्मत संभार नभए ठुलो घटना हुन सक्ने चन्द्रनगर वडा नं. १ का स्थानिय रामर्कत यादवले बताउनुभयो ।

यस विषयमा नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विनोद यादवलाई सम्पर्क गर्दा कार्यालय प्रमुख सँग सम्पर्क हुन सकेन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.