२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको बागमती युवा क्लव मच्छिन्द्रलाई हराउँदै खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारस्थानीय

सर्लाहीको बागमती युवा क्लव मच्छिन्द्रलाई हराउँदै खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश

बागमती,२४ फागुन । सर्लाहीको बागमती यूवा क्वल जारी मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको क्वाटर फाईनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै बागमती युवा क्लव सर्लाही प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ । बागमती यूवा क्लवले मच्छिन्द्रलाई ४–२ गोल अन्तरले हराएको हो ।

धनगढी रङ्गशालामा भएको खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लब मच्छिन्द्र फुटवल क्लवलाई हराउँदै बागमतीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समय र थप समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
यो जित सगैँ बागमती यूवा क्लवले अब सेमिफाईलनमा फ्रेन्ड्स क्लबसँगको भेट पक्का गरेको छ । बागमती यूवा क्लवले पहिलो खेलमा ‘ए’ डिभिजन क्बल एनआरटीलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाउदै मच्छिन्द्र क्लव काठमाण्डौ सगँको भेट पक्का गरेको थियो ।

मोफसलको टिम बागमती यूवा क्लवले लगातार निकालेको जित यस क्षेत्रका खेलप्रेमीहरुका लागि गौरवको विषय भएको क्लवका सचिव कुमार प्रधानले बताए । आगामी प्रतियोगितामा पनि बागमती यूवा क्लव उच्च मनोवलका साथ मैदानमा उत्रने उन्को प्रतिकृया दिए ।
सर्वाधिक राशीको खप्तड गोल्ड कपमा १० टोली सहभागी छन् । विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.