१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एसईई नतिजा आजै, यसरी हेर्न सकिन्छ नितजा – Nigrani Today
ताजा खबरशिक्षा स्वास्थ्यसमाचारसमाज

एसईई नतिजा आजै, यसरी हेर्न सकिन्छ नितजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा ९एसईई० नतिजा आज बुधबार प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो ।

यो वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यो वर्ष ५ लाख १४ हजार विद्यार्थी सहभागी

एसईई परीक्षा प्रकाशन पूर्वतयारीस्वरूप मंगबार बोर्डले ‘डेमोस्ट्रेसन’समेत गरेको छ । बोर्डका एक अधिकारीका अनुसार नतिजा बुधबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ । ‘कुनै प्राविधिक वा त्यस्तै प्रकारको समस्या नआएको खण्डमा आज साँझसम्म नतिजा प्रकाशन हुनेछ,’ ती अधिकारीले राजधानीसँग भने ।

यसअघि, कोभिडका कारण दुई शैक्षिक सत्र विद्यालय तहको आन्तरिक मूल्यांकनबाटै सञ्चालित भएको एसईई परीक्षा यसपटक भने बोर्डले नै देशभर एकसाथ सञ्चालन गरेको थियो ।

अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यालयले गरेका आन्तरिक मूल्यांकनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरी सार्वजनिक गरेको थियो ।

लेटर ग्रेडिङ ३५ नल्याए फेल
एसईई परीक्षामा सहभागी कुनै परीक्षार्थीले ३५ प्रतिशत प्राप्त नगरे फेल हुने भएको छ । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था छ ।

निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी ९नन ग्रेडेड० उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न अयोग्य मानिने भएको छ ।

निर्देशिकाअनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात् ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यसपटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन फरक÷फरक रूपमा गरिएको बोर्डले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरेर नतिजा थाहा पाउन सकिने उहाँले बताउनुभयो ।

यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्पेश छाडी अल्फाबेट सहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ ।साथै नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ । जसका लागि सिम्बोल नम्बर र जन्ममिति सही हुनुपर्नेछ ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र भएको र प्रामाणिक विवरण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुने प्रवक्ता अधिकारीले बताउनुभयो ।परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।नतिजा बुधवार वा बिहीबारसम्ममा प्रकाशित हुने परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै जानकारी गराइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.