२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
परवानिपुरमा बहुजन एकता पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

परवानिपुरमा बहुजन एकता पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न

सर्लाही,२३ श्रावन । सर्लाहीको लालबन्दी नगरपालिका स्थित परवानिपुरमा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम संपन्न भएको छ। प्रशिक्षण कार्यक्रम बिष्णु दर्जीको अध्यक्षता एवं पार्टीका वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा संपन्न भएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

बहुजन समाजका व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रममा जिल्ला उपाध्यक्ष श्याम लाल बिक , लगायतका पार्टी नेताहरुले प्रशिक्षण दिएका थिए। पार्टीको निति , सिद्धांत ,रणनीति बारे ,बहुजन बिचारधारा अधारित समता ,स्वतन्त्रता ,भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल ,गाउँ ,बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान गरेको वरिष्ठ नेता पासवानले बताए ।

जब सम्म बन्चित समाजको हक,अधिकार सुनिस्चित हुँदैन ,तव सम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको भन्दै नेता पासवानले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्नु पर्ने धारणा व्यक्त गरेका थिए ।यसैगरी बिष्णु दर्जीको अध्यक्षतामा बहुजन एकता पार्टी नेपाल परवानिपुर ३१ सदस्यीय कमिटी गठन समेत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.