१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पुरस्कारका लागि छनोटमा परेका दश कृतिहरू सार्वजनिक – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्यसाहित्य कलास्थानीय

पुरस्कारका लागि छनोटमा परेका दश कृतिहरू सार्वजनिक

लालबन्दी,२६ श्रावन । ’लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ ।

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा वणर्ानुक्रमानुसार-

अग्नि – डा. नवराज लम्साल
उज्यालो कणर्ाली – प्रतीक ढकाल
तेल भिसा – सुरेन्द्र अस्तफल
तृषा – सुशीला पौडेल
देखेको देश – मोहन मैनाली
प्रिय मौनता – डा. नेत्र एटम
भ्रूण प्रश्न – टीका आत्रेय
मरीचिका – महेश थापा
यादको सन्दुक – दिपा मेवाहाङ राई
याम्वुनेर – बिना थिङ

कृतिहरू छनोटमा परेको उक्त विज्ञप्तिमा उल्लेख छ । वाङ्मय परिषद्लाई प्राप्त १२८ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।

सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९ प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि रु. ५०,००० हजार रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.