१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा दिन दहाडै मनि ट्रान्सफर लुटियो, व्यपारीहरु त्रसीत – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा दिन दहाडै मनि ट्रान्सफर लुटियो, व्यपारीहरु त्रसीत

सर्लाही,१० भदौ । सर्लाहीको गोडैता नगरपालिकामा रहेको एक मनि ट्रान्सफर दिन दहाडै लुटिएको छ । गोडैता नगरपालिका वडा नं. ८ सिसौटिया रोडमा मा लालिगुराँस बहुउदेश्यीय कृषी सहकारी संस्थाले संचालन गरेकोे सिटी एक्सप्रेस मनि ट्रान्सफर बाट अज्ञात ४ जना व्यक्तिको समुहले हतियार देखाउँदै ९ लाख ५० हजार नगद र एक लाख बराबरको मोवाइल,ल्यापटप  गरी करिब १० लाख ५० हजार मुल्य बराबरको नगद तथा सरसमान लुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अहिले गोडैताका व्यवपारीहरु त्रसीत बनेका छन ।
अज्ञात व्यक्तिहरुको हतियारधारी समुहले विहान साढे १० बजे नै मनि ट्रान्सफर लुटनुको साथै दुई जना स्थानिय तथा एक जना मनि ट्रान्सफरका कर्मचारीको मोबाइल समेत लुटेको गोडैता स्थानियहरुले बताएका छन । हतियारधारी समुहले कालो रंगको एपाचे मोटरसाइकलमा नकाव लगाएर आएका स्थानियहले बताउनुभयो ।
मोवाइल लुटिनेहरुमा गोडैता नगरपालिका वडा नं. २ बस्ने ५४ वर्षिय मोहमद तसलिमले बोकेको ३० हजार मुल्य बराबरको मोबाइल, वडा नं. १ बस्ने सेवाग्राही ७३ वर्षिय वृद्ध जगतलालले बोकेको २० हजार मुल्य पर्ने मोबाइल र मनि ट्रान्सफरका एक जना कर्मचारीको मोबाइल लुटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
घटना भएको स्थान बाट करिब ५ सय मिटर पर प्रहरी चौकी रहेको छ । प्रयाप्त प्रहरीहरु नहुदा सिटी एक्सप्रेस मनि ट्रान्सफर लुटिएको हो ।
एक स्थानिय तह एक इप्रका माग गर्दै आएको छु, गोडैतामा ५६ हजार जनसंख्यामा ८ जना प्रहरी मात्र छ । सिमा सँग जोडिएको नगरपालिका र व्यपारीक केन्द्र रहेको नगरपालिकामा उचित प्रहरी संख्या नभएको हुदाँ यस्तो घटना भएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र रायले गुणासो गर्नुभयो ।
आफुले पटक पटक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र नेपाल प्रहरीका एसपी प्रविण पोखरेललाई गोडैतामा ईलाका प्रहरी कार्यालयको स्थापना गर्न अनुरोध गरेपनि उहाहरुले चासो नदिदाँे घटना घटेको गोडैता नगरपालिका नगर प्रमुख रायले आरोप लगाउनुभयो । अहिले गोडैताका व्यपारीहरु त्रसित बनेको नगर प्रमुख रायले बताउनुभयो । बरहथवा, लालबन्दी, हरिवन, इश्वरपुर नगरपालिकाहरुमा कहि तिन कहि २ वटा सम्म इप्रका छन गोडैतामा एउटा पनि नभएको कारण मनि ट्रान्सफर लुटिएको नगर प्रमुख रायको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.